२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका कार्यकर्ताको नाराबाजी, देउवा पार्टी कार्यालय पुगेनन्



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

गौशलामा रहेका पशुपति क्याम्पसका नेता तथा कार्यकताको आह्वानमा नेविसंघले मोटरसाइकल र्याली निकालेको हो । उक्त र्याली पार्टी कार्यालय सानेपा गुगेको थियो।

सानेपा पुगेका नेता तथा कार्यकर्ताहरुले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेपछि तनाव सृजना भएको हो । उनिहरुले नेविसंघमाथि पटकपटक हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका थिए । नेविसघंको कार्यकाल सकिएपनि म्याद थपेर बिद्याथी राजनिति समाप्त पार्न लागेको भन्दै विरोध गरेका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।