६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार बलामी कुटिएकोप्रति संघको आपत्ति



अ+ अ-

काठमाडौ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको लागि गएका पत्रकारलाई कुटपिट गरेको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।

बुधबार फिल्म ‘शुभ लभ’को रिपोटिङ गर्न गएका पत्रकार समिर बलामीमाथि कुटपिट भएको थियो । संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’

हलका कर्मचारीले नै पत्रकारमाथि गालिगलोज गर्न थालेपछि बलामी सहित केहि पत्रकार कर्मचारीलाई सम्झाउन लाग्दा कर्मचारीहरुले हातपात गरेका थिए । यसबाट बलामीलाई सामान्य चोटपटक लागेको थियो ।