६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई सुझावपत्र : निर्मला हत्या, वाइडबडी खरिद र डा.केसीको सत्याग्रहमा खरो भएर लाग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘हाम्रो अभियान, हाम्रो काँग्रेस’का नेता तथा कार्यकताहरुले सुझावपत्र बुझाएका छन् ।

उक्त अभियानमा आबद्ध नेता तथा कार्यकताहरुको २३ जनाको समुहलेसुझावपत्र बुझाएका हुन्। बिहीबार पार्टी कार्यालय सानेपामा २३ जनाले हस्ताक्षरसहित पार्टी सभापति देउवालाई सुझावपत्र बुझाएका हुन् ।

उनीहरुले संघीय लोकतान्त्रिक संविधानलाई कायर्नन्वयन जोड दिनुपर्ने निर्मला हत्या, वाइडबडी खरिद र डा.गोविन्द केसीको सत्याग्रह प्रकारणमा पार्टी सशक्त रुपमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सुझाव पत्रमा केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने, कम्युनिष्टसँग किताकट गर्नुपर्ने, इमानदार कार्यकर्ताको पार्टीमा सम्मान हुनुपर्ने सझाव दिएका छन् ।

उनिहरुले महाधिबेशनबाट पारित बिधान तथा निर्णयहरु लागु गर्नु पर्ने र काँग्रेसलाई जनस्तरसम्म पुर्याउन प्रभावकारी भुमिका खेल्न दवाब दिनको लागि सुझावपत्र पेश गरेका हुन् ।