१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

खरखडाई काट्ने भन्दै विद्यालय नै बन्द, ३५ हजार सर्वसाधारण निकुञ्ज प्रवेश

खरखडाई काट्ने भन्दै विद्यालय नै बन्द, ३५ हजार सर्वसाधारण निकुञ्ज प्रवेश
अ अ+ अ-

काठमाडौं । खरखडाई काट्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज तीन दिनका लागि खुला गरिएको छ । निकुञ्ज मध्यवर्ती क्षेत्रका करिव पैतीस हजार जनता निकुञ्जमा खरखडाइ कटाइमा लागेका छन् ।

माघ १० देखि १२ गतेसम्म तीन दिन खरखडाईका लागि निकुञ्ज खुल्ला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज स्रोतका अनुसार निकुञ्ज प्रवेशका लागि ठाकुरद्धारा, मोतीपुर, पाताभार, गोला, आम्बासा, भुरिगाउँ ,सैनवार, परेवावडार,रम्मापुरलगाएत ३५ वटा नाकाबाट निकुञ्ज प्रवेश खुला गरिएको छ । खरखडाईका लागि करिव ३५ हजार पुर्जी वितरण गरिएको निकुञ्ज प्रशासनले जनायो । समाचार राजधानी दैनिकमा छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । यस वर्ष बाँके र बर्दिया निकुञ्जमा एकै साथ खरखडाई खुला गरिएको छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाई, सेठा, कुचो र बाबियोलगायतका सामग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

खरखडाईका लागि राजश्ववापत प्रतीव्यक्ति ५० रुपैँया९भ्याटसहित० र संरक्षण चन्दा शुल्क २० रुपैँया गरी जम्मा ७० रुपैँया शुल्क निकुञ्जले लिने गरेको छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ

निकुञ्ज प्रवेशका लागि विहान ७ बजेदेखि साझ ५ बजेसम्मको समय तोकिएको छ । निकुञ्जमा खरखडाई खुलेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रका विद्यालयसमेत बन्द भएका छन् । हरेक वर्ष विद्यार्थीहरु अभिभावकसँग खरखडाई काट्न जाने भएकाले विद्यालय बन्द गर्नुु परेको विद्यालयहरुले जनाएका छन् । विद्यालयको शैक्षिक क्यालेण्डरमै खरखडाईका लागि २ दिन विदा छुट्याइएको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुशेश्वरप्रसाद चौधरीले बताए ।

खरखडाई काट्नका लागि हसिँया र डोरी वाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खरखडाई वाहेक वन्यजन्तु वा वन्यजन्तुका अंग, काठ,दाउरा, वाँसलगायतका अन्य वन पैदवार निकासी गरेका पाइएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाही हुने निकुञ्जले जनाएको छ ।

खरखडाईका बेला हुन सक्ने चोरीसिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । चेकजाँच तथा सुरक्षाका लागि निकुञ्जका २ सय २३ कर्मचारी, सेनाको एउटा बटालियन, चोरी शिकार नियन्त्रण युवा परिचालन समितिमा अवद्ध स्थानिय युवाहरु खटिएको सहायक संरक्षण अधिकृत भण्डारीले बताए ।

पछिल्लो समयमा गाउँघरमा प्लाष्टिकका डोरी, टिनको छानो र पक्की घर निमार्ण गर्ने क्रम भएसँगै खरखडाई काट्ने काममा कमी आएको स्थानिय मनमोहन थारु बताउँछन् ।