२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारतबीचको बिजुली आदान प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैठौँ बैठकले नेपाल भारतबीचको बिजुली आदान प्रदान गर्ने सहमति (इनर्जी बैँकिङ) लाई अनुमोदन गरेको छ ।

यस अघि गत पुस महिनामा दिल्लीमा नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीच दुई देशबीच ऊर्जा किनबेच गर्नका लागि इनर्जि बैकिङको सहमति भएको थियो ।

सो सहमतिलाई जेएससीले अनुमोदन गरेपछि यो निर्णय कार्यान्वयनमा जाने भएको छ ।

यो निर्णय कार्यान्वायनमा जाँदा नेपाल भारत दुबै देशले आ–आफ्नो आवश्यकता अनुसार बिजुली किनबेच गर्न सक्ने भएका छन् ।

इनर्जी बैकिङ अवधारणा अनुसार विशेष गरी नेपाललाई हिउँदमा बढी आवश्यकता पर्ने बेला भारतले दिने र बर्खाका बेला भारतलाई नेपालले बिजुली दिन सक्ने भएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।