२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता ऐन संशोधन विधेयकमा छलफल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले नागरिकता ऐन संशोधन विधेयकमा दफाबार छलफल प्रारम्भ गरेको छ ।

समितिले शुक्रबार संशोधनकर्ता समेत राखेर दफाबार छलफल प्रारम्भ गरे पनि कुनै निर्णय गर्न सकेन । प्रस्तावित विधेयकको दफा ३ बारे छलफल गरेको समितिले सो दफाबारे पनि कुनै निर्णय लिन सकेन ।

सो दफामा बाबु पहिचान नभएको अवस्थाको स्वघोषणाको व्यवस्था कसरी सम्बोधन गर्ने भन्ने विवाद नमिलेपछि थप छलफल आवश्यक भएको भन्दै समितिका सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन् ।

सभापति श्रेष्ठले भनिन्, “प्रस्तावित केही व्यवस्थामा उच्च तहमा र थप घनीभूत छलफलको आवश्यकता महसुस भयो । यो विषयमा थप छलफल गर्नेगरी अन्य दफाहरूमा छलफल निरन्तर हुन्छ ।’’

प्रस्तावित विधेयकले मूल ऐनको दफा ३ संशोधन प्रस्ताव गर्दै बाबु पहिचान नभएको अवस्थामा वंशजको आधारमा नागरिकता दिइने व्यवस्था गरेको छ तर केही सांसद्हरूले बाबु पहिचान भन्ने शब्दावली हटाउन माग गरेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।