२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी इन्काउन्टर : १० दिनमा पाँच जनामाथि गोली प्रहार, दुईको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो १० दिनमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको छ । अन्य तीन जनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

मंगलबार दिउँसो गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविलास लामालाई गोली हान्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो ।
लामा पेस्तोलसहित रहेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको परिसरको प्रेस विज्ञप्तिमा बताइएको छ ।

तर, लामाले भने आफूलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको बताएका छन् ।
लामा माओवादी पूर्वलडाकु हुन् । उनले आफूमाथि प्रहरीले विनाकारण गोली हानेको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् । काठमाडौं परिसर र अपराध महाशाखाबीच काम देखाउने होडबाजीमा गोली प्रहार भएको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।