६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराका सशस्त्र प्रहरी बलका एसपी पोखरेलको सवारी दुर्घटनामा मृत्यु



अ+ अ-

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । 

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा पूर्व पश्चिम राजमार्गमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । 
 बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेकाले उपचारका लागि वीरगञ्ज लगिएको छ ।