१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

नेकपा भित्र किचलो, झम्सीखेलमा बैठक, भेनेजुयलामा वक्तव्य

नेकपा भित्र किचलो, झम्सीखेलमा बैठक, भेनेजुयलामा वक्तव्य
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो।

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा वलजफ्ती पारित विधेयकको अर्को नजिरमा यो विधेयक पनि पर्‍यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नारावाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो।

विधयेक आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर ल्याइएको भन्दै डा।गोविन्द केसी अनशनमा छन्। प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए।

प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो रु नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारील अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भएपनि यो विधेयकमा गर्ने के हो र रु उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रिया अन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’

सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्।

‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।

६ माघमा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीजरल्याण्डको डावोस जानुअघि विमानस्थलमा प्रधानमन्त्रीले सभामुख कृष्णबहादुर महरासँग चिकित्सा विधेयक कहिले पारित हुन्छ भनी जिज्ञासा राखेका थिए। सभामुखले ‘अबको बैठकबाट’ पारित हुने जवाफ दिएका थिए। महरामा पनि विधेयक पारित गर्ने त्यही हतारोमा थिए। यो अवस्था उनको विधेयक पारित गर्दा लरवरिएको बोलीले पनि प्रस्ष्टै देखाउँथ्यो।

सत्तापक्षका नेताहरूकै भनाइलाई मान्ने हो भने चिकित्सा विधेयक संसद्मा सबैभन्दा बढी छलफल भएको मध्येको एक हो। चिकित्सा शिक्षा सुधारको माग राखी पटक–पटक अनशनरत डा।केसीलाई समेतलाई संसद्को विषयगत समितिमा बोलाएर विधेयकका बारेमा छलफल गरिएको थियो।

तर केसी अघिल्लो पटकको अनशनमा आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर विधेयक ल्याइएको भन्दै पुनः अनशनमा बसिरहेका छन्।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने, ‘अरु विधेयक र यो विधेयकमा फरक के छ रु अरु विधेयक संसद्मा आएपछि सरसर्ती छलफल हुँदै पारित भएका छन्। तर यो विधेयक मात्र यस्तो हो जुन लामो समयसम्म संसद्मै छलफलमै रहिरह्यो।’ सांसद अधिकारीले भने, ‘यो कसरी हतारो गरेको भन्न मिल्यो रु ’

प्रधानमन्त्री ओलीले स्वदेश फर्केलगत्तै अन्तर्राष्ट्रिय विमानस्थलमा यो विषयमा कसैले पनि धेरै चिन्ता लिइरहनु नपर्ने बताए। ‘तीन करोड मान्छे भएका यत्रो देशमा केही मानिसमा असन्तुष्टिहरू अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ। यस्तै कुरामा हामीले किन अब उधुम मच्चाउनु। लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मत मतान्तर जस्ता कुरा साधारण हुन्।’

भेनेजुएलामा नेकपा वक्तव्य

भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मादुरोविरुद्ध जुआन गुआइडोले अन्तरिम कार्यवाहक राष्ट्रपति घोषणा गरे। त्यसलाई अमेरिकाले तत्कालै मान्यता दियो। भेनुजुयलाका विषयमा विभिन्न राष्ट्रबाट प्रतिक्रिया आइरहेका छन्। त्यहाँको गहिरिँदो राजनीतिक संकटबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विज्ञप्ती प्रकाशित गरे। पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीको अनुपस्थितिमा दाहालले आफ्नो पार्टी नेकपा भेनेजुएलाका जनताका पक्षमा रहेको र विदेशी हस्तक्षेपविरुद्धमा रहेको भन्दै आलोचना गरे।

‘भेनेजुएलको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ’, दाहालले भने, ‘अमेरिकाले भेनेजुएलका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ। अमेरिकाले भेनेजुएलको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौति दिएको कुरा निन्दनिय छ।’

नेपालले असंलन्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। यस्तो बेला सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले पक्ष÷विपक्षमै वक्तव्य जारी गरेको विषय पनि अहिले चर्चामा छ।

प्रधानमन्त्री ओली फर्केपछि यो विषयमा धारणा नेकपाले बनाउन सक्थ्यो। तर यसमा पनि नेकपाले हतारो गरेको देखिन्छ। नेकपा स्रोतका अनुसार यो वक्तव्यका लागि नेकपाका शीर्ष नेताका बीचमा ओली देश बाहिर नै रहेका बेला छलफल भएको थियो। त्यही छलफलमा वक्तव्य दिने सहमति पनि बन्यो। संयुक्त राष्ट्रसंघ र युरोपेली युनियन ९ईयू० का मुलुक राजदूतहरूले संक्रमणकालीन न्यायका विषयमा दिएको संयुक्त वक्तव्यबाट नेकपा नेताहरू चिढिरहेका बेला दाहालको भेनुएजुलाका विषयमा बक्तव्य आएको थियो।

तर, प्रधानमन्त्रीले स्वदेश फर्केपछि दाहालले दिएको वक्तव्यलाई विषयान्तर गर्न खोजे। उनले यस्ता विषयमा हतारो गर्न नहुने संकेत गर्दै पत्रकारले दाहालले जारी गरेको वक्तव्यमा प्रधनमन्त्रीको धारणा बुझ्न गरेको प्रयासलाई विषयान्तर गरे।

प्रधानमन्त्रीको जवाफ थियो, ‘मैले सुनेको छु अलिकति। तर, म भर्खर मात्र आएको छु। यस्ता विषयमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन्।’

नेकपा नेताको ‘झम्सिखेल बैठक’

प्रधानमन्त्री विदेश रहेका बेला नेकपाका शीर्ष नेताहरूको ललितपुर झम्सिखेलमा ‘गोप्य बैठक’ बस्यो। बिहीबार साँझ अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताको बैठक बस्यो।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट वहुमतले पारित गर्नु अघिल्लो साँझ बसेको शीर्ष नेताहरूको उक्त बैठक विधेयक पारित गर्ने विषयदेखि पार्टीको अड्किएको एकता प्रक्रिया, सरकारका नियुक्तिलगायत विषयमा केन्द्रित थियो।

सरकारले नियुक्तिलागयत विषयमा छलफलपछि निर्णय गर्ने स्थायी समिति बैठकको सारलाई पछिल्लो नियुक्तिमा प्रधानमन्त्रीले वेवास्था गरी अघि बढेको आवाज पनि उठेको स्रोतले बतायो। संवैधानिक परिषद्ले गत ६ माघमा ५ वटा आयोगका अध्यक्षको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। झम्सिखेल बैठकमा सचिवालय तथा सरकारमा रहेका नेताहरू ईश्वर पोखरेल र रामबहादुर थापा भने सहभागी थिएनन्। समाचार अनपूर्ण पोष्टमा छ ।