२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगाडि बढ्यो मेट्रो रेल, अन्तिम मिति फागुन १२



अ+ अ-

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरेको जानकारी दिए ।
बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।