८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजदूत रायमाझी स्वदेश फर्कने



अ+ अ-

काठमाडौं । दीपेन्द्र गजुरेल, नेपाली दुताबास स्पेनका लागि पूर्व राजदूत भरतबहादुर रायमाझी स्वदेश फर्कने हुनुभएको छ । उहाँ एयर इन्डियन एयरवेजबाट आइतबार अपरान्ह त्रिभुवन विमानस्थमा अवतरण गर्ने उहाँका नजिकका एक सहयोगीले नेपाल समाचारपत्र दैनिकलाई बताए ।

पदमुक्त राजदुत रायमाझिले मन्त्रीपरिषदको निर्णयलाई चुनौती दिदै नेपाल नफर्किने मनसाय व्यक्त गरेको समाचार प्रकाशित भएलगत्तै उहाँ नेपाल फर्किन तात्नुभएको थियो । उहाँलाई उहाँका केही निकटले मंगलबारै विदाई गरेका थिए ।

मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय दिई नेपाल फर्काउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार गत पुस १२ मा परराष्ट्र मन्त्रालयले पत्राचार गरी ३ हप्ताभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । उक्त पत्रअनुसार माघ २ गते फर्किसक्नुपर्ने भए पनि उहाँले निर्णय अवज्ञा गर्दै आउनुभएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।