२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजदूत रायमाझी स्वदेश फर्कने



अ+ अ-

काठमाडौं । दीपेन्द्र गजुरेल, नेपाली दुताबास स्पेनका लागि पूर्व राजदूत भरतबहादुर रायमाझी स्वदेश फर्कने हुनुभएको छ । उहाँ एयर इन्डियन एयरवेजबाट आइतबार अपरान्ह त्रिभुवन विमानस्थमा अवतरण गर्ने उहाँका नजिकका एक सहयोगीले नेपाल समाचारपत्र दैनिकलाई बताए ।

पदमुक्त राजदुत रायमाझिले मन्त्रीपरिषदको निर्णयलाई चुनौती दिदै नेपाल नफर्किने मनसाय व्यक्त गरेको समाचार प्रकाशित भएलगत्तै उहाँ नेपाल फर्किन तात्नुभएको थियो । उहाँलाई उहाँका केही निकटले मंगलबारै विदाई गरेका थिए ।

मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय दिई नेपाल फर्काउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार गत पुस १२ मा परराष्ट्र मन्त्रालयले पत्राचार गरी ३ हप्ताभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । उक्त पत्रअनुसार माघ २ गते फर्किसक्नुपर्ने भए पनि उहाँले निर्णय अवज्ञा गर्दै आउनुभएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।