२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध



अ+ अ-

काठमाडौँ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।

बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केहीबेरअघि १६ सय मिटर भिजिबिलिटी थियो । यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ ।

आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्राष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिनुभयो ।

उक्त भिजिबिलिटी घटेर अहिले एक हजारमा पुगेपछि पुनः उडान अवतरण बन्द गरिएको छ । मौसममा क्रमिक सुधार आइरहेकाले अबको २० देखि २५ मिनेटभित्र उडान अवतरण सुचारु हुने एटीसी प्रमुख भण्डारीको भनाइ छ ।

उहाँका अनुसार एक हजार भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान भर्न सक्छन् ।
अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।