• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

राजा हटाइयो अब कम्युनिस्टको पालो : देउवा



सिन्धुली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
चिकित्साशास्त्र विधेयक सरकारले सदनबाट जबर्जस्ती पास गरेको चर्चा गर्दै पार्टी देउवाले अधिनायकवादको एउटा उदाहरण भएको प्रष्ट्याउँदै त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्नेसमेत बताए । नेपाल समाचारपत्रबाट साभार