२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले पोलियो खोप अभियान प्रभावित



अ+ अ-

हुम्ला । हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।

जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । हिउँ जमेका कारण जिल्ला अस्पताल हुम्लाले २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले बताउनुभयो ।

हिमपातले जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम प्रभावित भएको छ ।

दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको भनाइ छ । दादुरा र रुबेलाको उपचार खोप भएकाले मौसममा सुधार आएमा खोप सञ्चालन गरिने बोहराले बताउनुभयो ।

पाँच वर्षमुनिका बालबालिकालाई खोपका सबै सूचक खोप पोलियो थोपा, बिसिजी, डिपिटी, दादुरा रुवेला, जापानी इन्सेफ्लाइटीस आइपिभीलगायतका खोप पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।