१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलको उडान सामान्य अवस्थामा



अ+ अ-

काठमाडौँ । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ ।

काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम भएका कारण बिहान करीब ३ घण्टा उडान प्रभावित भएको हो । मौसममा सुधार आएसँगै विमानस्थलमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

मौसम खराबीले बिहान विमानस्थलको भिजिबिलिटी १०० देखि २०० मिटर मात्र थियो । करीब ८ बजेको समयमा १६०० मिटर थियो । पुनः ९ बजे भिजिबिलिटी एक हजारमा झरेको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृतिअनुरूप सानो जहाजलाई १६०० तथा ३२०० मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६०० भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।