२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरबारी घितो राखेर किन बिदेश जाने ?, जब च्याउ बिक्री गरेरै पन्ध्र लाख पाईन्छ भने !



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताए।

च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन् उनले भने, “उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ ।” बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “बजारमा च्याउको माग बढ्दो छ । किसानले मागअनुरुप च्याउ उत्पादन गर्न सकेका छैनन् । कृषि प्राविधिक हरिश सेटीले भने, बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेका छौँ”, ।

शाखा प्रमुख मल्लले भने, “उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग उक्त शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिन्छ”। गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको थियो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लाग्नुभएकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको बताए ।

छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको हो ।