१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

२४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन गर्न अनुमति, के–के निकाल्न पाईने ?

२४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन गर्न अनुमति, के–के निकाल्न पाईने ?
अ अ+ अ-

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुङ्गाको धुलो २३, फलाम चार, डोलोमाइट आठ, रुबी तीन, जिङ्क दुई, तामा तीन, ढुङ्गा तीन, कोइला तीन र सुन एक रहेका छन् ।

महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिजका लागि महाशाखाले पाँच सयभन्दा बढी स्थानमा अध्ययन गरे पनि जम्मा २४१ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताए । “सबै खोजतलास गरेका ठाउँमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो” उनले भने, “नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ ।”

नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्ट्याइएको छ । अति महत्वपूर्णमा सुन, चाँदी, हिरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुङ्गा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्माइन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखाले जनाएको छ ।