२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजिअ भट्टराईलाई उपचारका लागि ग्रान्डी अस्पताल लगियो, अंगरक्षक सहित सबैको अबस्था सामान्य



अ+ अ-

वीरगञ्ज । सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा भट्टराईको उपचार हुन नसकेपछि उनलाई ग्रान्डी अस्पतालको सहकार्यमा कैलास हेलिकप्टर सर्भिसेज हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

भट्टराईलाई लिन ग्रान्डी क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली काठमाडौँबाट आएका थिए ।

भट्टराई चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना१झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट फर्कने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।

भट्टराईको राति टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो ।

दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको भने वीरगञ्ज हेल्थ केयर अस्पतालमा नै उपचार भइरहेको छ ।

घाईते सबैको अबस्था सामान्य रहेको छ ।