२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी जाग्दै फोरजी काण्ड, काँग्रेसका पुर्व संचार मन्त्रीदेखी टेलिकमका नाइकेसम्म मुछिने सम्भावना



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको यत्रै बर्ष पछि सांसदहरुले यसको छानबिन गर्न चासो देखाएका छन् ।

काँग्रेसका नेता तथा तत्कालिन सुचना तथा संचार मन्त्रि मोहन बहादुर बस्नेत हुदाँ नै फोरजी प्रकरणको काण्ड मिडियामा आएपनि यो प्रकरण त्यसै हराएको थियो । बस्नेतले नेतृत्व सम्हाल्दा नै संचार माध्यमा यसको ब्यापक हल्ला भएपछि उनि बारम्बार संचार माध्यममा स्पस्टिकरण दिनु परेको थियो ।

आइतबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले फोरजी सेवा विस्तारमा अनियमितता भएको भन्दै यसमा अनुसन्धान गर्न माग गरेपछि यो प्रकरण फेरी जागेको हो । बस्नेत मात्रै नभई हालसम्म संचार म्न्त्रालय र टेलिकमको नेतृत्व सम्हालिसकेका व्यक्तिको छानबिन गर्न सांसदहरुले माग गरेका हुन् ।

हाल १९ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजना चलिरहेको छ । यो योजनामा यति धेरै रकम खर्चदा टेलिकम टाँट पल्टिने अवस्था देखा परेको छ ।

सांसद रामकुमारी झाँक्रीले निर्धारित समयमा काम नभएको र सम्बन्धित निकायको प्रस्तुतिले पनि सन्तुष्ट हुनसक्ने अवस्था नरहेको बताइन् ।

प्रतिस्पर्धीलाई बजार दिएर टेलिकमले आफ्नो क्षमता बढाउन नसकेको उनले टिप्पणी गरिन् । ‘निजी क्षेत्रका मोबाइल सेवा प्रदायकले थोरै लागतमा धेरै काम गर्ने तर, सरकारीले धेरै खर्चमा पनि सन्तोषजनक काम गरेको नदेखिँदा अनियमितता भएको आशंका हुन्छ नै’, उनले भनिन् ।

यही तरिकाले अघि बढ्ने हो भने टेलिकम टाट पल्टिने सांसद झाँक्रीको दाबी छ । सांसद विष्णु पौडेलले फोरजी विस्तार अत्यन्तै सुस्त गतिमा अघि बढेको बताए ।

मंगलबार पुनः बैठक बसेर यस विषयमा थप छलफल गर्ने समिति सभापति कृष्ण दाहालले जानकारी दिए ।