१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

फेरी जाग्दै फोरजी काण्ड, काँग्रेसका पुर्व संचार मन्त्रीदेखी टेलिकमका नाइकेसम्म मुछिने सम्भावना

फेरी जाग्दै फोरजी काण्ड, काँग्रेसका पुर्व संचार मन्त्रीदेखी टेलिकमका नाइकेसम्म मुछिने सम्भावना
अ अ+ अ-

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको यत्रै बर्ष पछि सांसदहरुले यसको छानबिन गर्न चासो देखाएका छन् ।

काँग्रेसका नेता तथा तत्कालिन सुचना तथा संचार मन्त्रि मोहन बहादुर बस्नेत हुदाँ नै फोरजी प्रकरणको काण्ड मिडियामा आएपनि यो प्रकरण त्यसै हराएको थियो । बस्नेतले नेतृत्व सम्हाल्दा नै संचार माध्यमा यसको ब्यापक हल्ला भएपछि उनि बारम्बार संचार माध्यममा स्पस्टिकरण दिनु परेको थियो ।

आइतबार प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले फोरजी सेवा विस्तारमा अनियमितता भएको भन्दै यसमा अनुसन्धान गर्न माग गरेपछि यो प्रकरण फेरी जागेको हो । बस्नेत मात्रै नभई हालसम्म संचार म्न्त्रालय र टेलिकमको नेतृत्व सम्हालिसकेका व्यक्तिको छानबिन गर्न सांसदहरुले माग गरेका हुन् ।

हाल १९ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजना चलिरहेको छ । यो योजनामा यति धेरै रकम खर्चदा टेलिकम टाँट पल्टिने अवस्था देखा परेको छ ।

सांसद रामकुमारी झाँक्रीले निर्धारित समयमा काम नभएको र सम्बन्धित निकायको प्रस्तुतिले पनि सन्तुष्ट हुनसक्ने अवस्था नरहेको बताइन् ।

प्रतिस्पर्धीलाई बजार दिएर टेलिकमले आफ्नो क्षमता बढाउन नसकेको उनले टिप्पणी गरिन् । ‘निजी क्षेत्रका मोबाइल सेवा प्रदायकले थोरै लागतमा धेरै काम गर्ने तर, सरकारीले धेरै खर्चमा पनि सन्तोषजनक काम गरेको नदेखिँदा अनियमितता भएको आशंका हुन्छ नै’, उनले भनिन् ।

यही तरिकाले अघि बढ्ने हो भने टेलिकम टाट पल्टिने सांसद झाँक्रीको दाबी छ । सांसद विष्णु पौडेलले फोरजी विस्तार अत्यन्तै सुस्त गतिमा अघि बढेको बताए ।

मंगलबार पुनः बैठक बसेर यस विषयमा थप छलफल गर्ने समिति सभापति कृष्ण दाहालले जानकारी दिए ।