१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब काम खोज्न विदेश जान नपर्ने, सरकारले सबैलाई रोजगार दिने



अ+ अ-

काठमाडौं । आगमी पाच वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानु नपर्ने भएको छ। रोजगारी अभिवृद्धिका लागि सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आएपछि अबको ५ वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानुनपर्ने भएको हो।


यसका लागि सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा रोजगार सम्योजक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रम जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन सबै स्थानीय तहमा रोजगार संयोजकको नियुक्ति अगाडि बढाएको हो।
पहिलो चरणमा प्रदेश ३ बाट यो कार्यक्रम शुभारम्भ गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालू आर्थिक वर्षका सरकारले ३ अर्ब १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। रोजगार संयोजक नियुक्तिका लागि सरकराले यही ४ माघमा आवेदन माग गरेको थियो, आवेदन दिने अन्तिम म्याद आगामी शुक्रबारसम्म मात्र रहेको छ। खबर राजधानी दैनिकमा छ।