२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सी चामलको गुन तिर्न विधेयक पास गर्दा पनि समस्या बाँकी नै



अ+ अ-

काठमाडौं । अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने विज्ञहरुले दावी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपरिँदा गुणस्तर कायम गर्न नसकिएको उनीहरुको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नसक्ने प्रस्ट पारेका छन् ।

भर्खरै प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकमा मनसायपत्र पाइसकेका र पूर्वाधार पूरा गरेका उपत्यकाबाहिरका कलेजलाई सम्बन्धन दिने उल्लेख छ । आफूसँग भएको सम्झौताविपरीत यस्तो प्रावधान आएपछि डा। गोविन्द केसी २० दिनदेखि आमरण अनशनमा छन् । सम्झौतामा एउटा विश्वविद्यालयले ५ भन्दा बढीलाई सम्बन्धन दिँदौ आएका त्रिवि र केयुु दुवैले उक्त संख्या कटाइसकेका छन् ।