१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

नेकपाको एकता स्थानिय तहमा शुरु, जिल्ला र प्रदेशमा भने अनिश्चित

नेकपाको एकता स्थानिय तहमा शुरु, जिल्ला र प्रदेशमा भने अनिश्चित
अ अ+ अ-

काठमाडौं । नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय तहको एकता प्रक्रिया अघि बढाएको हो।

गण्डकी, सुदूरपश्चिम, प्रदेश ३ र ५ ले जिल्ला मातहतका स्थानीय कमिटीमा एकता प्रक्रिया अगाडि बढाएको सम्बन्धित प्रदेशका पदाधिकारीले बताएका छन्। नेकपाको प्रदेश कमिटीलाई पार्टी सचिवालयले निर्णय गरे पनि स्थायी कमिटी र केन्द्रीय समितिले भने अनुमोदन गरिसकेको छैन। नेकपाको जिल्ला तहको एकता भने सबैभन्दा जटिल छ। जिल्ला नेतृत्वमा शीर्ष नेताहरूकै स्वार्थ बाझिएपछि र आफूनिकट नेतालाई जिम्मेवारी दिन खोजिएपछि एकता प्रक्रिया टुंगो लागेको छैन।

‘जिल्ला कमिटीको नेतृत्वको सवालमा पार्टी केन्द्रको निर्णय पर्खेर बसेका छौं’, प्रदेश ५ का सहइन्चार्ज दलबहादुर रानाले भने, ‘तर जिल्ला कमिटी मातहतका स्थानीय तहको एकता प्रक्रिया भने हामीले धेरै ठाउँमा धमाधम सम्पन्न गरिरहेका छौं।’ प्रदेश ५ अन्तर्गतका ३ जिल्लाबाहेक अन्य जिल्लामा स्थानीय तहका गाउँ, नगर, वडा कमिटीको एकता धमाधम भइरहेको उनले बताए।

‘सबै स्थानीय तहका पार्टी कमिटी बनाउने, कमिटीका साथीहरूको सपथ गराउने र स्थानीय तहका कार्यक्रम बनाउने गरी काम भईरहेका छन्’, उनले भने। सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पनि सुदूरपश्चिम क्षेत्रका स्थानीय तहमा पनि पार्टीले एकता प्रक्रिया थालिसकेको बताए। ‘जिल्लाको मात्रै हो एकता नटुंगिएको, तर प्रदेशका अधिकांश स्थानीय तहमा पार्टी एकता भइसकेको छ’, उनले भने, ‘जिल्लालाई मात्र केन्द्रको निर्णय पर्खेका हौं, स्थानीय तहमा प्रदेशले नै अगाडि बढाएको छ।’

गण्डकी, सुदूरपश्चिम, प्रदेश ३ र ५ ले जिल्ला मातहतका स्थानीय कमिटीमा एकता प्रक्रिया अगाडि बढाएको सम्बन्धित प्रदेशका पदाधिकारीले बताएका छन्।

५ असोजमै दुई अध्यक्षले हस्ताक्षर गरी पार्टी पंक्तिलाई पठाएको परिपत्रमा प्रदेश पदाधिकारीलाई आफ्नो तह र मातहतको पार्टी सम्पत्ती एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणाली व्यवस्थित गर्ने, पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेलगायत अधिकार दिएको थियो।

प्रदेश ३ का सचिव आनन्द पोखरेलले पनि रसुवा, सिन्धुली र दोलखाका कतिपय स्थानीय तहमा एकता प्रक्रिया अघि बढिरहेको बताए। ‘जिल्ला तहमा भैपरी आउने कामका लागि दुवै पार्टीका पदाधिकारीको कार्यदल बनाई काम गर्न निर्देशन दिएका छौं’, उनले भने, ‘स्थानीय तहमा एकता अगाडी बढाएका छौं। रसुवा, सिन्धुली र दोलखामा भने धेरैजसो स्थानीय तहमा पार्टी एकीकरणको काम सम्पन्न हुने चरणमा छ। अन्यमा पनि क्रमशः हुँदैछ।’

तीन वटा प्रदेशमा पूर्ण बैठक

नेकपा सचिवालयले असोज पहिलो साता प्रदेश पदाधिकारी र त्यसपछि मंसिर दो स्रो साता प्रदेश सदस्य चयन गरेको थियो। त्यसमा अझै नेकपाभित्र आम सहमति बन्न सकिरहेको छैन। गत पुस १३ को स्थायी समिति बैठकले योग्यता, क्षमताअनुसार प्रदेश कमिटी सदस्य छनोट भए÷नभएको हेर्नेसम्मको जिम्मेवारीसहित कार्यदल बनाएको छ।

कार्यदलले यो विषयमा अझै कुनै ठोस प्रस्ताव तयार पारिसकेको छैन। तर तीन वटा प्रदेशका कमिटीको पूर्ण बैठक बसिसकेको छ। प्रदेश कमिटी सदस्यको शपथसमेत भइसकेको छ।

प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठक बसिसकेको छ। ‘हाम्रो प्रदेश कमिटीको बैठक बस्यो। सदस्यको शपथ भईसकेको छ। प्रदेश कार्यालय जनकपुरमा तत्कालीन एमाले कार्यालयमा राखिएको छ। त्यसको उद्घाटन अध्यक्ष पुष्पकमल दाहालले गनुर्भयो’, प्रदेश २ का सचिव समुनराज प्याकुरेलले भने, ‘जिल्ला तहमा तत्कालीन दुवै पार्टीका २–२ जना रहेको कार्यदल बनाइएको छ। यसले गाउँ तहसम्मको एकताका लागि नामावली संकलन गरिरहेको छ। जिल्ला नेतृत्वबाहेक अन्य काम प्रदेश कमिटीको अब बस्ने बैठकले टुंगो लगाउनेछ।’

कर्णाली प्रदेशले प्रदेश कमिटीको बैठक बसेर दुईमहिने अभियानको कार्यक्रम नै बनाएको छ। सचिव मायाप्रसाद शर्माले भने, ‘प्रदेश कमिटीको बैठक बसेको छ। सदस्यले शपथ लिइसकेका छन्। दुईमहिने पार्टीका भेला प्रशिक्षण तय भएका छन्।’ स्थानीय तहको एकता भने कर्णाली प्रदेशमा खासै अघि बढेको छैन।

सुदूरपश्चिम प्रदेश कमिटीले भने २० माघमा धनगढीमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। ‘पार्टीका दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा करिब १८ सय अगुवा कार्यकर्ता भेला गर्ने तयारीमा प्रदेश कमिटी लागेको छ’, अध्यक्ष थापाले भने।

प्रदेश १ मा भने प्रदेश कमिटी बैठक अहिलेसम्म बसेको छैन। ‘पहिले माथिबाट सबै विषय छिट्टै मिलेर आउला अनि बसौंला भनेर पर्खेर बस्यौं, यतिका समय माथि नै लाग्छ भन्ने थाहा भएको भए बस्नु पनि हुन्थ्यो होला, केही ठेगान नै लागेन’, प्रदेश १ का सहइन्चार्ज सावित्रिकुमार काफ्लेले भने, ‘बैठक बसौं, नबसौं अनिर्णयमा परियो। अब भने बस्छौं होला।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।