२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ११५ चोर समातिए



अ+ अ-

काठमाडौं। प्रहरीले एक महिनाभित्र काठमाडौं उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरू पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

परिसर प्रमुख एसएसपी वसन्त लामाले पाकेटमारपछि चोरीमा संलग्नविरुद्ध प्रहरीले विशेष अपरेसन चलाएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।