१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल भन्सारका रेडियो अपरेटरको आम्दानी १८ करोड, लगानी बुहारीदेखि आमासम्म



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ को अकुत सम्पति देखिएको छ । पछिल्लो समय साढे ३३ किलो सुन तस्करीमा मुछिएपछि उनको असाधारण सम्पत्ति आर्जनको रहस्य खुलेको हो ।

अख्तियार दुरुपयोग अनुसाधान आयोगका अनुसार श्रेष्ठको नाममा १८ करोड भन्दा बढिको सम्पति देखा परेको हो । आयोगका अनुसार ४६ लाख रुपैयाँ जग्गा, चार करोडमा घर, नमोबुद्ध एग्रो पालिमा साढे ५ करोड लगानी, पौने ४ करोड ऋण तिरेको र सवारी साधन खरिदमा २ करोड रुपैयाँ खर्चेको फेला परेको हो ।

श्रेष्ठको परिवारको ९ करोड ६३ लाख ८ हजार ८२९ मात्र बैध आन्दानी भएको पाइएको छ ।

श्रेष्ठले १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनले पत्नीहरु तारादेवी र रेखा, बाबु ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण र बुहारी रविनाको नाममा समेत सम्पत्ति लुकाएको ठहर गर्दै अख्तियारले ती सम्पत्ति जफत गर्न माग गरेको छ ।