८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर

स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर
अ+ अ-

सरकार फागुण १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लाग्यो’

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए । उनले भने,‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’


उनले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप लगाए । उनले भने,‘सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मुल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफीया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरुको संरक्षक स्वयम प्रधानमन्त्री बनिरहेको बेलामा, सरकार निरीह र अलोकप्रिय भैरहेको बेलामा विश्वविद्यालयका विद्यार्थीहरुलाई थाहा छ, कम्युनिष्ट सरकार कहीँ अब जनताका अधिकारप्रति पनि धावा बौल्दै छैन भनेर ?’


स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागद नभएको पनि उनले उद्धघोष गरे । उनले भने,‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन् । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’


नेविसंघका महामन्त्री कपिलेश्वर यादव अहिलेपनि अस्पतालमै उपचारार्थ रहेको उनले सुनाए । उनले भने,‘उहाँको टाउकोमा १४ टाँका लगाईएको छ । दिन दिनै विद्यार्थीहरुमाथि धरपकड भैरहेको छ । विद्यार्थीको टाउको फुटाईएको छ । यो अवस्थामा सरकार स्वयम् निर्वाचनबाट भाग्नको लागि उद्धत भएको हाम्रो ठहर छ।’


अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घण्टा छलफल गरेको सुनाउँदै आफूले नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको जनाए । उनले भने,‘तर, सडकमा तपाईले विद्यार्थीको टाउकोमा लाठी बर्साउने, टाउको फुटाउने, अस्पतालनै भर्ना गर्ने बनाउने, विद्यार्थीलाई जेलभित्र हालेर स्ववियुको निर्वाचन सम्भव छ ? यो तरिकाले स्ववियुको निर्वाचन हुन सक्दैन भनेर मैले प्रधानमन्त्रीलाई भनिसकेको छु । त्यसैले निर्वाचनको वातावरण बनाउने काम विश्वविद्यालयको कुलपति भएको कारणले प्रधानमन्त्रीको पनि हो ।’


निर्वाचनको लागि प्रधानमन्त्रीले शान्ति, सुरक्षाको वातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार फागुण १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लागेको पनि आरोप लगाए । उनले भने,‘परिस्थिति बबण्डरयुक्त बनाएर र प्रधानमन्त्रीको विरुद्धमा विद्यार्थीलाई जुलुश र पुत्ला दहन गर्न लगाउने परिस्थिति बनाएर निर्वाचन भाँड्ने काममा सरकार लागेको छ। सरकारले यो काम नियन्त्रण गरेर अमन–चयन गर्नतिर लाग्यो भने स्ववियुको चुनावका लागि नेविसंघ तयार छ ।’


उनले वर्तमान सरकारले निर्वाचित सबै संस्थाहरुलाई ‘कोल्याप्स’ गरेर निरंकुश व्यवस्था चाहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘त्यसको सुरुवात सरकारले स्ववियु निर्वाचनबाट गर्न खोजिरहेको छ।’