२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका २८ ठूला सडक असुरक्षित



अ+ अ-

काठमाडौं । पछिल्लो समय सडक असुरक्षित बन्दै गइरहेको छन्। सरकारको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभरका २८ वटा ठूला सडक असुरक्षित देखिएका छन्।
सडक विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा आठ वटा, २०७३/७४ मा पाँच २०७२/७३ मा छ वटा र २०७१/७२ मा नौ वटा ठूलो सडक असुरक्षित रहेको पाइएको छ। सडक दुर्घटनामा मात्रै वार्षिक दुई हजारको मृत्यु हुन थालेपछि सरकारले असुरक्षित सडकको पहिचान गर्न थालेको हो।
सरकारले पछिल्लो समयमा विभिन्न आठ वटा सडकलाई बढीस् दुर्घटना हुने सम्भावित सडकका रुपमा पहिचान गरेको छ। कुलक एक हजार ६७ किमी लम्बाई भएका यी आठ वटा सडकमा धनकुटा–हिले–खाँदबारी–कोसी हाइ वे, पासाङ ल्हामु हाइ वे, हेटौँडा–दामन (त्रिभुवन) हाइवे र खैरेनी–भिमान–डुम्रे सडक रहेको समाचार राजधानी दैनिकमा छ।
त्यसैगरी वीरेन्द्रनगर–दैलेख–ढुंगेश्वर, साँफेबगर–चौखुट्टे–मंगलसेन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दाहा–कमाद–ढल्केबर–नारायणघाट बढी दुर्घटना हुने सडक रहेको सडक विभागले जनाएको छ।