२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सपना पुरा हुदै, सिधै पाइपबाटै इन्धन



अ+ अ-

काठमाडौं । पाइपलाइबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्नेभएको छ। नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यावस्थापन गर्न समय लाग्ने भएकाले केहि ढिला हुने भएको हो।
निगमले २६ किलोमिटर दूरीमा पाइप विच्छ्याइसकेको छ। पथलैयादेखि अमलेखगञ्ज ९ किलोमिटरको दूरीमा रहेका रुख व्यवस्थापन गर्न समय लाग्ने भएपछि तीन महिना पर सरेको खबर कारोबार दैनिकमा छ।
हालै मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि सरकारले रुख व्यवस्थापनको जिम्मा टिम्बर कर्पोरेसनलाई दिएको छ। कर्पोरेसनले रुख व्यवस्थापन गर्न सात दिन अघि ३० दिने टेन्डर आह्वान गरेको छ। टेन्डर प्रक्रियाअनुसार रुख व्यवस्थापन थप तीन महिना लाग्ने देखिएको निगमको भनाइ छ।