३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जनआन्दोलनका घाइते मुकेशको तेस्रो पटक शल्यक्रिया

जनआन्दोलनका घाइते मुकेशको तेस्रो पटक शल्यक्रिया
अ+ अ-

बनेपा । मुलुक परिवर्तनका लागि ज्यानको आहूति दिने शहीदको सम्झनामा आज देशभरि शहीद दिवस मनाइरहँदा २०६२/६३ का जनआन्दोलनका घाइते मुकेश कायस्थ भने ओछ्यानमा नै छटपटिरहनु भएको छ । उहाँ २०६२ चैत २७ गते बनेपामा गोली लागी घाइते हुनुभएको थियो ।

उपचारको क्रममा अहिलेसम्म तीन पटक टाउकाको शल्यक्रिया गरिसकेका उहाँको अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको आमा मीरा कायस्थले बताउनुभयो । पहिलाको तुलनामा उपचार गरेर सुधार हुँदै आएको भए पनि अहिले नसाका कारणले छारे रोगजस्तो लक्षण देखिएको छ । पहिलाको जस्तो बोल्न खोज्ने, हातखुट्टा चलाउनेजस्ता क्रियाकलापसमेत नदेखाएको उहाँले बताउनुभयो ।
गत असार १ गतेबाट सो लक्षण देखापरेका मुकेशलाई शुरुमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगेको र त्यसको १५ दिनपछि नसाको उपचारको लागि ट्रमा सेन्टरमा १५ दिनसम्म उपचार गरिएको थियो । त्यहाँ पनि टाउकोको शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी घरमा नै ल्याएर राखेको परिवारले जनाएको छ ।

घरमा राखेर पनि सुधार नभएपछि पुनः काठमाडौँको मिडिसिटी अस्पतालमा उपचारको लागि लगेको र चिकित्सकको सल्लाहअनुसार टाउकामा जमिरहेको पानी निकाल्नुपर्छ भनेपछि गत मङ्सिर १३ गते शल्यक्रिया गरी पानी निकालेको आमा मीराले बताउनुभयो । “शल्यक्रिया गरेपछि पनि खासै सुधार देखिएको छैन” उहाँले भन्नुभयो, “पछि फेरि निमोनिया भएपछि घाँटीमा प्वाल पारी कफ निकालेर थप उपचार गरिरहेको भएपनि पूर्णरुपमा निको भएको छैन ।”

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि मिडिसिटी अस्पतालमा उपचार गरेको बखतको खर्च भने स्वास्थ्य मन्त्रालयका सचिवले यो अन्तिम पटक हो, अब सकिँदैन भन्दै उपचार खर्च दिएको बताउनुभयो ।
सरकारको निर्णय यति छिट्टै परिर्वतन हुन्छ त रु उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकारले गरेको निर्णय नै यतिछिट्टै परिवर्तन हुन्छ भने कसरी भन्ने शहीदको सपना साकार पार्छ र सम्मान हुन्छ भनेर रु” ‘‘मुकेशलाई भत्ता बढाइदेऊ भनेका छैनौँ, उपचार राम्रोसँग गरिदिनुहोस्, अब सरकारले मुकेशको नाममा पुनःस्थापना केन्द्र(अस्पताल) खोलियोस्” उहाँले भन्नुभयो, “अहिले पो हामी सक्षम छौँ आमा बाबाले उपचार गरिहेका छौँ, भोलि हामी सशक्त हुँदा कसले उपचार गरिदिन्छ, त्यसैले उहाँजस्ता घाइतेका लागि उपचार गर्न सरकारले अस्पताल खोलिदियोस् ।”

प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेतासमेत आएर मुकेशलाई संसारको जुनसुकै ठाउँमा लगेर भए पनि उपचारको लागि लाग्ने सबै खर्च ब्यहोर्ने र जिउँदो शहीद घोषणा गर्ने भनिएता पनि अहिलेसम्म मन्त्रिपरिषद्ले सो निर्णय नगर्नु र पछिल्लो समयमा उपचारको लागि लाग्ने खर्चसमेत ब्यहोर्न आनाकानी गर्नुले मुलुक परिवर्तनका लागि ज्यानको आहुति दिने शहीद र उनका परिवारको योगदानको अवमूल्यन भएको परिवारको गुनासो छ ।