२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालेखाको ७५ करोड काण्ड, लेखापरीक्षणमा किन गए अमेरिका ?



अ+ अ-

काठमाडौं । महालेखा परीक्षक संबैधानिक निकायका प्रमुख हुन् । महालेखा परीक्षकको कार्यालयले सरकारी निकायको लेखापरीक्षण गर्दछ । सरकारी निकायले ऐन कानुन अनुसार खर्च गरेका छन् कि छैनन् ? त्यसको लेखापरीक्षण गर्ने काम महालेखा परीक्षकको हो ।

महालेखाले नियम कानुन विपरित भएका खर्चलाई बेरुजुका रुपमा हरेक वार्षिक प्रतिवेदनमा उल्लेख गरी राष्ट्रपतिसमक्ष पेश गर्दछ । महालेखा परीक्षकले लेखापरीक्षणका लागि कर्मचारीहरु खटाउने गर्दछन् । महालेखा परीक्षकको कार्यालयमा आकर्षक कार्यालयमा लेखापरीक्षणका लागि ठूलो चलखेल हुने गर्दछ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

विभिन्न ठूला आयोजना, सडक, खानेपानी, शहरी विकास जस्ता निकायमा लेखापरीक्षणका लागि खटिन कर्मचारीहरुबीच प्रतिस्पर्धा हुने गर्दछ । अझ विशेषगरी कुटनीतिक नियोगहरुमा लेखापरीक्षणमा जान अपारदर्शी चलखेल हुने गरेको छ ।

कुटनीतिक नियोगहरुमा पनि यूरोपका देश र अमेरिकामा जानका लागि ठूलो रस्साकस्सी नै चल्ने गर्दछ । घुम्न पनि पाइने र कुस्त नजराना पनि पाइने भएकाले ती देशहरुमा जान उपमहालेखा परीक्षकहरुमाझ नै उछिनपाछिन हुने गर्दछ ।

अमेरिकामा लेखापरीक्षण गर्नका लागि त महालेखा परीक्षक टंकमणी शर्मा आफै गएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा अमेरिकामा नेपाली राजदूतको निवास बनाउनका लागि नेपालले ७५ करोड अर्थात ७५ लाख अमेरिकी डलर छुट्याएको थियो ।

त्यो भवन निर्माणका लागि छुट्याएको उक्त रकम देखेर महालेखा परीक्षक शर्मा लोभिए । र, आफै लेखापरीक्षण गर्न अमेरिका हानिएका थिए । महालेखा परीक्षक नै लेखापरीक्षणमा अमेरिका जानुले यसमा उनको लोभी चरित्र उदांगिएको छ । ७५ करोडको लेखापरीक्षणका क्रममा अमेरिका जाँदा शर्मालाई राजदूत अर्जुन कार्कीले रामै्र खातिरदारी गरेको स्रोत बताउँछ ।

अमेरिकामा लेखापरीक्षण गर्न स्वयम् शर्मा गएको कुराले महालेखा परीक्षकको कार्यालयमा टिकाटिप्पणी हुने गरेको छ । ठूलो रकमको भवन निर्माणको कमिसन र अमेरिका घुम्ने उनको लोभीपन झल्किएको छ । उनी आलोचनाका पात्र भएका छन् । महालेखा परीक्षक स्वयम् लेखापरीक्षणमा गएको यो पहिलो घटनाका रुपमा लिइएको छ ।

त्यसैगरी बहुचर्चित एनसेल प्रकरणमा महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदन मौन छ । ५४औं वार्षिक प्रतिवेदनमा एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने कुरा उल्लेख गरेको थियो । तर, ५५औं वार्षिक प्रतिवेदनमा एनससेलको बारेमा केही उच्चारण नै गरिएको छैन । यस बारेमा महालेखा परीक्षक शर्माले विगत वर्षमा नै उल्लेख भएकाले एनसेल बारेमा केही उल्लेख नभएको तर्क दिने गरेका छन् ।

तर, महालेखा परीक्षक कार्यालयका एक उच्च अधिकारी भन्छन्–‘महालेखाले लाभकर असुली नभएको कुरालाई बेरुजुका रुपमा राखिसकेका कारण यो असुली नभएसम्म हरेक वर्षको वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गर्नैपर्ने हुन्छ । उदाहरणको लागि कर फछ्र्यौट आयोग कानुन विपरित छ भनेर विगत धेरै वर्षदेखि पटक–पटक प्रतिवेदनमा समेटिएको थियो । अहिले उक्त आयोग अर्थमन्त्रीले ऐनबाटै हटाइसकेका छन् ।

महालेखा परीक्षकले प्रत्येक वर्ष कर फछ्र्यौट आयोगले गरेका अनियमित कामका बारेमा उल्लेख गरेपछि आयोगको व्यवस्था हटाइएको छ । ७३ अर्ब लाभकर छली गर्ने एनसेलको हकमा गत आर्थिक वर्षमा बेरुजु ठहर गरिएको थियो । यो बेरुजु यो वर्षको प्रतिवेदनमा पनि समेटिनु पथ्र्यो । तर, एनसेलको बारेमा महालेखा परीक्षकले नै चासो दिएर एक शब्द पनि लेखेका छैनन् ।’

एनसेलले सरकार, न्यायालयपछि महालेखा परीक्षकको कार्यालयलाई पनि प्रभावमा पारेको यो एक उदाहरण हो । महालेखा परीक्षक शर्माले एनसेलबाट ठूलो रकम लाभ लिएर प्रतिवेदनमा लाभकरका बारेमा ‘ल’ पनि उल्लेख नगरेको आरोप छ ।

त्यसैगरी महालेखा परीक्षकको कार्यालयले देशभरका कार्यालयहरुको लेखापरीक्षण गर्दछ । कुनै बजेट नभएका जिल्ला हुलाक कार्यालय, जिल्ला सहकारी कार्यालय, स्वास्थ्य चौकीमा पनि लेखापरीक्षणका लागि कर्मचारी खटाउने गर्दछ ।

यसरी साना–साना कार्यालयमा लेखापरीक्षणका क्रममा महालेखा परीक्षकको जनशक्ति सदुपयोग हुन नसकेको, अनावश्यक खर्च भएको निष्कर्षकासाथ ४ हजार कार्यालयबाट २ हजार ५ सयमा झारिएको थियो । ती साना–साना कार्यालयमा पनि लेखापरीक्षणका लागि जाने कर्मचारीले ५ हजारसम्म घुस पनि लिने गरेको पाइएपछि कार्यालयको संख्या घटाउँदै २ हजार ५ सयमा ल्याइएको थियो ।

तर, शर्मा महालेखा परीक्षक हुनासाथ पुनः ४ हजार नै कार्यालयमा लेखापरीक्षण गर्ने निर्णय गरे । यसो गर्नुको मुख्य कारण घुस असुली नै हो । लेखापरीक्षणका क्रममा हरेक कार्यालयमा आन्तरिक लेखापरीक्षणका लागि २ प्रतिशत र महालेखा परीक्षणका लागि २ प्रतिशत दस्तुरी छुट्याउने गरिएको छ ।

हरेक कार्यालयका लेखापाल वा लेखा अधिकृतले आलेप र मलेपका लागि घुस छुट्याउने गर्दछन् । त्यो घुसको रकम बार्षिक २० करोड हुने गरेको महालेखा परीक्षक सुत्र बताउँछ । स्रोतका अनुसार यो रकमको ठूलो हिस्सा महालेखा परीक्षकसम्म पुग्ने गरेको छ ।