५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारको वक्तव्यपछि झनै चिढियो अमेरिका, कूटनीतिक संयन्त्र सक्रिय बनाउँदै



अ+ अ-

काठमाडौं । भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ।

चीन, रुस, क्युबालगायतका देशले अमेरिकी भेनेजुएलामा अमेरिकी भूमिकाको आलोचना गरेका थिए। नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य दिए। पछि सरकारले समेत भेनेजुएलामा बाह्य हस्तक्षेप हुन नहुने आशयको वक्तव्य दियो। सरकारी वक्तव्यबाट अमेरिका असन्तुष्ट बनेको छ। उसले परराष्ट्र मन्त्रालयको वक्तव्यलाई ‘दाहालकै वक्तव्यको राम्रो सम्पादन’ को संज्ञा दिएको छ।

‘नेपाल सरकारको वक्तव्य पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यकै राम्रो सम्पादन हो,’ अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो वक्तव्यले पहिलेकोलाई बल पुगेको छ।’ उनले सरकारले यस्तो वक्तव्य किन दिएको भन्दै चासोसमेत राखे।

दाहालको वक्तव्यपछि अमेरिकी विदेश मन्त्रालयले डीसीस्थित नेपाली दूतावास र काठमाडौंस्थित दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारको धारणाबारे जिज्ञासा राख्दै विश्व राजनीतिमा नेपालको चासो स्पष्ट पार्न भनेको थियो। उनीहरूको चासो बढेपछि सरकारले वक्तव्य त जारी गर्‍यो तर यसबाट अमेरिका सन्तुष्ट हुन सकेन।

जुनजुन देशका सरकारले अमेरिकी नीतिको विपक्षमा गएर धारणा राखेका छन्, अमेरिकाले तिनको चर्को अलोचना थालेको छ। जनमतविपरीत गएर तिनले वक्तव्य दिएको निष्कर्ष अमेरिकाको छ। भेनेजुएलामा अमेरिकी भूमिकाको विरोध गर्ने सबै मुलुकको वक्तव्य उस्तै भएको र यस विषयमा कम्युनिस्टहरू एकमत भएको अमेरिकी अनुमान छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।