१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशाला बनाउने जग्गाकाे सर्वोच्चमा मुद्दा

धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशाला बनाउने जग्गाकाे सर्वोच्चमा मुद्दा
अ अ+ अ-

काठमाडौं । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो।

सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हालेको थियो। मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले करिब ५ वर्षअघि सर्वोच्चमा मुद्दा परेको जानकारी दिनुभयो। स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिब एक वर्षअघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा त्रिविलाई उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्यान्वयन भने भएको छैन। उपकुलपति प्राडा खनियाँले शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने स्पष्ट पार्नुभयो। महानगरपालिकाका मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आउनुभएको बताइन्छ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गत चैतमा फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेपछि महानगरले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो। गत भदौमा सम्पन्न कृषि तथा वन विश्वविद्यालयको सिनेट बैठकमा उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविको नामको उक्त ३ सय ५६ बिगाहा जग्गा विश्वविद्यालय मातहतमा ल्याउन प्रस्ताव गर्नुभएको थियो तर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि सो प्रस्ताव खारेज भएको थियो।

त्यसपछि नेकपाका अध्यक्ष एवं मेयर रेणुका बुबा पुष्पकमल दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनलाई जग्गा प्रदान गर्न ल्याएको प्रस्ताव स्विकार्न त्रिविका उपकुलपतिलाई आग्रह गर्नुभएको थियो। त्यसलगत्तै प्रचण्डको नेतृत्वमा कृषि तथा वन र त्रिविका उपकुलपति चितवनका स्थानीय पार्टीका नेता, मेयर, सबै वडाका अध्यक्षसँग छलफल गरी त्रिविको नाममा रहेको जग्गा फाउन्डेसनलाई दिने निर्णय गरिएको थियो। उपकुलपति खनियाँले शक्तिखोरको दिने भनिएको जग्गा कृषि तथा वन विश्वविद्यालयलाई जग्गा दिन सकिने बताउनुभयो।
कृषि तथा वन विश्वविद्यालयको ऐन २०६९ मा पनि त्रिविको नाममा रहेको जग्गा कृषि तथा वन विश्वविद्यालयको हुने उल्लेख छ।

फाउन्डेसनले प्रस्तावित रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखेको छ। गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने फाउन्डेसनको योजना छ।

कमलको फूल आकारमा निर्माण हुन रंगशालामा २५ हजार दर्शक अट्न सक्ने क्षमता रहेको फाउन्डेसनले जनाएको छ। तर करिब ३ अर्ब रुपियाँ लागतमा निर्माण हुन लागेको रंगशालाको जग्गाको मालिक त्रिवि रहेको अवस्थामा कसरी कानुनी प्रक्रिया पूरा गरी क्रिकेट रंगशाला निर्माण गर्ने भन्ने विषय भने अन्योलमै छ। नेपाल समाचारपत्रमा खबर छ ।