८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महानगरको खर्च १७ प्रतिशत, कामै नभएका योजनालाई राखियो उपलब्धिमा

महानगरको खर्च १७ प्रतिशत, कामै नभएका योजनालाई राखियो उपलब्धिमा
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको १७ प्रतिशत मात्र खर्च गरेको छ ।महानगरपालिकाले चालू आर्थिक वर्षका लागि कुल १२ अर्ब ४ करोड ११ लाख ५७ हजार बजेट विनियोजन गरेको थियो । महानगरपालिकाले पछिल्लो ६ महिनामा ५८ वटा कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
जसमा रानीपोखरी पुनर्निर्माण प्रक्रियाको तयारी, कमलपोखरी पुनर्निर्माण टेन्डर प्रक्रियामा गएको, स्मार्ट शौचालय निर्माणका लागि कार्यदल गठन गरेको, सम्भाव्यता अध्ययनको तयारीमा रहेका अकासेपुल, थपिन लागेका सडक बत्तीलगायतका छन्, जसमा केहीको कामै सुरु भएको छैन भने केहीको कार्यप्रगति शून्य छ । तर, योजना सम्पन्न भइसकेका र सन्तोषजनक कार्यप्रगति भएका काम विवरण महानगरपालिकाले उपलब्धिमा राख्न सकेको छैन ।

उपलब्धिका रूपमा दाबी गरेका योजनालाई हेर्दा रानीपोखरी पुनर्निर्माणको कामको प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन । जबकि, प्रगति विवरणमा महानगरले रानीपोखरी पुनर्निर्माणका लागि १७ करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख मात्र गरिएको छ । यसका लागि चौथोपटक टेन्डर आह्वान गर्ने तयारी महानगरको छ ।
यस्तै, प्रत्येक वडामा आफ्नै कार्यालय भवन बनाउने योजना महानगरपालिकाको थियो । यसका लागि २५ करोड रुपैयाँ बजेट पनि छुट्याएकोे छ । तर, यस कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन । केही समयअघि मात्र वडा नम्बर १८ र २६ को भवन निर्माणका लागि शिलान्यास भएको छ । बडा नम्बर ६ र ७ को कार्यालय निर्माणाधीन अवस्थामा छन् । वडा ४, ८, ९ र १४ को कार्यालय भवनको खरिद प्रक्रिया अघि बढेको छ भने बाँकी वडामा भवन निर्माणको प्रक्रिया अझ सुरु हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा महानगरपालिकाले थप तीनवटा अकासे पुल निर्माण गर्ने योजना बनाएको छ । यसका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ । तीमध्ये दुईवटा पुल रामशाहपथस्थित पुरातŒव विभागअघि र एउटा चाबहिलमा निर्माण गर्ने सम्भावना रहेको महानगरपालिकाले जनाएको छ ।

‘मेयर उज्यालो’ कार्यक्रमका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३२ वटै वडामा ८ हजार सडक बत्तीको आवश्यकता पर्नेमा भर्खरै मात्र ६ सय यस्ता बत्ती जडान भएका छन् । बाँकी बत्तीका लागि सबै वडाबाट विवरण माग गरिएको महानगरले जनाएको छ ।
काठमाडौं चक्रपथमा मोनोरेल सञ्चालनका लागि चीनको सीआरसीसी कम्पनीसँग डीपीआर सम्झौता भएको, महानगरका विभिन्न स्थानमा स्मार्ट सोलार डस्टबिन राखिएकोलाई पनि यस अवधिको उपलब्धिका रूपमा देखाइएको छ ।
महानगरका प्र्रवक्ता ईश्वरमान डंगोलले महानगरले आशातित रूपमा काम गर्न नसकेको स्विकारे । प्रवक्ता डंगोलका अनुसार महानगरका वडाको कार्यसम्पादन सन्तोषजनक रहे पनि केन्द्रीय योजनाअन्तर्गतका काममा भने प्रारम्भिक परियोजना निर्माण तथा योजना अध्ययनका लागि समय लागेकाले ढिलाइ भएको हो ।

समग्रमा महानगरले नगरवासीको अपेक्षाअनुरूप काम गर्न सकेको देखिँदैन । जनताका सामान्य समस्या र दैनिक जनजीवनलाई सहज बनाउन महानगर चुकेको देखिन्छ । सडकको धुलोधुवाँ नियन्त्रणजस्ता दैनिक समस्या र महानगरवासीको समस्या समाधानका लागि भरपर्दो विकल्प दिन सकेको छैन ।
इटालीबाट पाँचवटा ब्रुमर ल्याउने उल्लेख गरिएको भएता पनि उपलब्धिका रूपमा आउन सकेको छैन । त्यस्तै, ट्राफिक जाम तथा पार्किङ समस्या समाधानका क्षेत्रमा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
निर्वाचनका समयमा ‘स्मार्ट सिटी’ बनाउनेसम्मका सपना बाँडेका विद्यासुन्दर शाक्य महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि उनले सोअनुरूपका कार्य गर्न नसकेको नगरवासीको गुनासो छ ।राजधानी दैनिकमा खबर छ ।