३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ कानून निर्माण



अ+ अ-

खस्यौली । सैनामैना नगरपालिकाले अहिलेसम्म ४३ कानून निर्माण गरेको छ । तीमध्ये २० विभिन्न ऐन, चार नियमावली, १९ कार्यविधि र निर्देशिका रहेका छन् । त्यीमध्ये फोहरमैला व्यवस्थापन ऐन २०७४, नगरपालिका शिक्षा ऐन २०७४, नगरपालिका संस्था दर्ता ऐन २०७५, कृषि व्यवसाय प्रर्वद्धन ऐन २०७४ बढी प्रभावकारी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कार्यविधि तथा निर्देशिकामा टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, नगरपालिका पदाधिकारीको आचारसंहिता २०७४, फोहर व्यवस्थापन कार्यविधि २०७४ पनि प्रभावकारी देखिएको नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“केन्द्रको कानूनसँग नबाझिने गरी निर्माण भएका कानूनले दिनहुँ कार्यसम्पादन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो । अधिकांश कानून राजपत्रमा प्रकाशित भइसकेका छन् ।