२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० हजार घुस लिनेलाई १५ दिन जेल



अ+ अ-

काठमाडौं । मुद्दा मिलाइदिने बहानामा २० हजार रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर गरिएका उपन्यायाधिवक्ता प्रकास घिमिरेलाई १५ दिन जेल सजाय तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु रत्नबहादुर वागचन्द र चण्डीराज ढकालको इजलासले घिमिरेलाई उक्त सजाय गरेको हो । उनलाई २० हजार रुपैयाँ जरिबानासमेत गरिएको छ ।

घिमिरे काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयबाट धदिङ सरुवा भई रमाना पत्र बुझेको अवस्थामा २०७३ साल माघमा अख्तियार टोलीबाट २० हजार रुपैयाँसहित रंगेहात समातिएका थिए । अख्तियार छानविनपछि मुद्दा चलाइएका घिमिरेलाई भ्रष्टाचारमा सजाय भएपछि निजामती सेवा अन्तर्गतको सरकारी वकील समूहबाट बाहिरिएका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।