१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक यार्साको मुल्य घटाएपछि अर्बको यार्सा अलपत्र



अ+ अ-

बझाङ । चिनियाँ व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। अन्नपूर्ण पोस्टमा समाचार छ ।

बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्‍याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए।

‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने। उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ।

डिभिजन वन कार्यालयको अभिलेखअनुसार यस वर्ष राजस्व तिरेर मात्रै ३ क्वीन्टल ५० किलो ग्राम यार्सा निकासी भएको छ। यसको नगद हिसाब गर्ने झण्डै एक अर्ब हुने जिल्ला वनले जनाएको छ।