१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

यस्तो छ, निजि क्लिनिकको मनपरी, घटनाको विवरण सहित

यस्तो छ, निजि क्लिनिकको मनपरी,  घटनाको विवरण सहित
अ अ+ अ-

काठमाडौं ।
घटना एक

सीमावर्ती भगवानपुर गाउँपालिका–२ लरहाकी २० वर्षीया मनीषाकुमारी यादव ७ महिनाकी गर्भवती थिइन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले लहानस्थित सरकारी हस्पिटल रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारकमा लगे।

ओपीडीमा पुर्जा लिई जाँच गराउँदा उनलाई अस्पतालकी डा. सुशीला सिंहले भिडियो एक्सरे गराउनुपर्ने जवाफ दिइन्। सरकारी अस्पतालमा यो सुविधा नरहेको भन्दै डा। सिंहले आफ्नै श्रेया पोलिक्लिनिकमा लगिन्। अस्पताल समयभित्रै पोलक्लिनिकमा बिरामीलाई लगेकी डा। सिंहले उनलाई भिडियो एक्सरे गरिन्। क्लिनिकमा बसेर सरकारी पुर्जामा औषधि लेखिदिइन्। सरकारी अस्पतालमा सुपथ औषधि पसल हुँदाहुँदै क्लिनिकमा किन्न लगाइन्।

बच्चाको अवस्था सामान्य रहेको भन्दै घर पठाइन्। तर, २४ घण्टा नबित्दै मनीषालाई फेरि पीडाले च्याप्यो। उनी फेरि सरकारी राउ स्मारक अस्पताल पुगिन्। त्यहाँ उनलाई नर्सहरूले जाँच गर्दा गर्भमा रहेका बच्चाको साउन्ड आएन। केही सयमभित्रै मृत बच्चा जन्मियो।

घटना दुई

पुस ५ गते सुत्केरी व्यथाले च्याप्दा गोलबजार—६ माइतमै बसिरहेकी २१ वर्षीया सन्जु पासवानलाई आमा शिला पासवानले उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिन्। त्यहाँबाट उनलाई अस्पतालले १० मिनटमै रेफर गरी लहानको सरकारी राउ स्मारक अस्पताल पठायो। चार घण्टासम्म उपचाररत रहेकी सन्जुको बल्ड प्रेसरमा घटबढ हुन थाल्दा यहाँबाट पनि धरान रेफर गरियो।

केही छिनमै एक एम्बुलेन्स ड्राइभरले उनलाई यही बिरामी निको हुन्छ भनेर फकाउँदै ओम गुरुकुल हेल्थ केयर प्रालिमा पुर्‍याए। हेल्थ केयरका डाक्टरले अपरेसन गर्नुपर्छ भने। अपरेसन गरी बच्चा निकालियो। फेरि हेल्थ केयरले उनका आमालाई बिरामीलाई रगत चाहियो, छिटो ल्याउनू भन्दै बाहिर पठायो। त्यही मौका छोपी हेल्थ केयरले बिरामीलाई एम्बुलेन्समा राखी विराटनगर लग्यो। एम्बुलेन्सबाट निकालेर स्ट्रेचरमा राख्दा त्यहाँको अस्पतालले सन्जुको पहिले नै मृत्यु भइसकेको जवाफ दियो। सन्जुले जन्म दिएकी शिशु भने सकुशल छिन्। गुरुकुल हेल्थ केयरको लापरबाहीले छोरीको मृत्यु भएको आमा शिला पासवानको आरोप छ।

घटना तीन

असार ३१ मा सिरहा–७ की मनतोरिया मण्डललाई सुत्केरी व्यथाले च्याप्यो। र परिवारले उनलाई जिल्ला अस्पताल सिरहा लग्यो। चिकित्सकले शल्यक्रिया सुविधा भएको अस्पताल लैजान सुझाए। मण्डल परिवारले मनतोरियालाई लहानस्थित सप्तऋषि अस्पताल भर्ना गरे।

चिकित्सकले असार ३२ मा मनतोरियाको शल्यक्रिया गर्नुपर्ने जानकारी गराए। शल्यक्रिया गरेर सकुशल बच्चा पनि जन्मियो। बच्चा जन्मेको सात दिनपछि (साउन ७ गते) मनतोरियालाई औषधि दिएर अस्पालले डिस्चार्ज गरेर घर फर्कायो। घर फर्केको दुईचार दिनमै मनतोरियालाई पेट पोल्ने, ढाडिने समस्या भएपछि आफन्तले उनलाई लिएर सप्तऋषि अस्पतालमै ल्याए। चिकित्सकले औषधि थपेर ‘निको हुन्छ’ भन्दै घर फर्काए। उनको समस्या झन्झन् बल्झिँदै गयो। पेट पोल्ने, ढाडिने समस्या बढेर दिसापिसाबसमेत बन्द भएपछि मण्डल परिवार अत्तालियो।

साउन १९ गते बिरामीलाई सप्तऋषि अस्पताल पुर्‍याइयो। चिकित्सकले जाँच गर्दा पेटभित्रै समस्या हुन सक्ने भन्दै विराटनगरको सुविधासम्पन्न अस्पताल लैजानुपर्ने बताए। विराटनगरको नोबेल अस्पताल पुर्‍याउँदा मनतोरियालाई समस्या पत्ता लाग्यो।

सप्तऋषिका चिकित्सकले शल्यक्रिया गर्दा चार सय ग्राम गज (कपडा) उनको पेटभित्रै छाडेर टाँका लगाइदिएको पाइयो। धन्न, समयमै थाहा पाएकाले उनको ज्यान जोगियो। यी त हुन् केही प्रतिनिधि घटना मात्र। तीन वटै घटनामा पोलिक्लिनिक तथा चिकित्सकको चरम लापरबाही देखिन्छ। त्यति मात्र होइन, घटना भइसकेपछि सर्वसाधारण भड्किने डरले पोलिक्लिनिक र अस्पतालले पीडित परिवारलाई आर्थिक लेनदेनमा घटना मिलाउने गरेको स्रोतको दाबी छ। क्लिनिकबाट ज्यान लिनेसम्मका लापरबाही भए पनि उनीहरूमाथि कारबाही भएको छैन।

निजी स्वास्थ्य संस्थाका सञ्चालकले भने बिरामीहरुको उपचारमा लापरबाही नगरेको दाबी गर्छन्। ‘उपचारमा हाम्रो लापरबाही छैन। शल्यक्रिया गर्दा जानाजान कुनै गल्ती गर्दैनौं’, सप्तऋषि अस्पतालका संस्थापक डा. पशुपति चौधरीले भने। राउ स्मारक अस्पतालका प्रमुख डा. सुनिल कुशवाहाले पनि मनीषाको घटनामा आफूहरूको लापरबाही नभएको दाबी गरे।

सुत्केरीको ज्यान गएदेखि गुरुकुल हेल्थ केयर बन्द छ। सञ्चालक प्रहरीको पनि सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले बताए। आफ्नो गल्ती लुकाउन पोलिक्लिनिकहरूले घटनालगत्तै पीडितलाई आर्थिक प्रलोभनमा पार्ने गरेका छन्। त्यसैले पनि पीडितले क्लिनिकविरुद्ध प्रहरीमा उजुरी नगर्ने प्रहरीको भनाइ छ।

उजुरी नआउँदा कारबाही गर्न नसकिएको प्रहरी प्रशासनको भनाइ छ। सन्जु र मनतोरियाको घटनामा पीडित परिवारलाई पोलिक्लिनिकहरूले आर्थिक लेनदेनमा घटना मिलाएको बताइन्छ। तर पछिल्लो मनीषाको घटनामा भने प्रहरीले जाहेरी लिनै नमानेको पीडित परिवारले बताएको छ। मनीषाका पति वीरेन्द्र यादवले श्रेया पोलिक्लिनिकमाथि कारबाही माग्दै जाहेरी दिए। तर प्रहरीले त्यसको सुनुवाइ नगरेको यादवको भनाइ छ।

पीडित पक्षमा प्रहरी प्रशासन नभइदिँदा न्याय पाउन कठिन भएको मानवअधिकारकर्मी राजकुमार राउत बताउँछन्। ‘पीडितलाई आर्थिक लेनदेनमा घटना मिलाउने प्रवृति बढेको छ,’ उनले भने, ‘यस्तो मानसिकताले समाजमा अपराधले प्रोत्साहन पाउँछ।’

पीडितको जाहेरी दर्ता नगरेका प्रहरीले राउ स्मारक अस्पताका कर्मचारीले दिएको निवेदन भने दर्ता गरे। बिरामीका आफन्तले चिकित्सकको क्वार्टरमा हुलदंगा गरेको अस्पतालका कर्मचारीको आरोप छ। ‘अस्पतालका कर्मचारीले निवेदन दर्ता गराएका छन्, बिरामी पक्षको जाहेरी पनि हुलाकबाट पठाएको सुनिएको छ,’ इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले भने, ‘दुवै पक्षबीच सहमति भएको मलाई थाहा छैन।’ तर प्रहरीको उपस्थितिमा पीडित पक्षबीच सहमति भएको छ। अस्पतालका कर्मचारीले निवेदन दर्ता गराए पनि कारबाही प्रक्रिया अगाडि बढाउन नभनेको उनले बताए।

नियमनकारी निकाय मौन बस्दा निजी स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन्। अनुमति नलिएका सेवा पनि निर्बाध सञ्चालनमा छन्। जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार स्वतः खारेजी भइसकेका लहानका ओम गुरुकुल हेल्थ केयर प्रालि, आदित्य मेडिकल, लीलामदन, त्रिदेव, मिर्चैयाका शुभशान्ति, गोलबजारका रामहेल्थ र धनगढीमाई नगरपालिकाका मदरल्यान्ड गरी सात पोलिक्लिनिक बन्द भएका छैनन्।

गोलबजारका सगरमाथा मोडल, माँधमिनी, भुमिजा मोडल, मिर्चैयाका रेखा नर्सिङ होम, लहान नगरपालिकाका लहान लाइफ केयर, डिभाइन हेल्थ केयर, फ्रेन्ड्स मोडल र कामना नर्सिङ होम गरी आठ वटा १५ बेडका निजी अस्पताल भएका छैनन्। ‘यी अस्पताल र पोलिक्लिनिकलाई गएको भदौ प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको बैठकले दुई महिनाका लागि नवीकरण गराउन म्याद थपेको थियो,’ जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत उमेशलाल कर्ण भने, ‘त्यो समयमा पनि कोही आएन। कारबाही गर्ने काम प्रशासनको हो, खै किन कुनै कारवाही भएको छैन।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।