१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजधानीमा घरबेटीको आतंक, डेरावाल मारमा, अनुगमन संयन्त्र फितलो

राजधानीमा घरबेटीको आतंक, डेरावाल मारमा, अनुगमन संयन्त्र फितलो
अ अ+ अ-

काठमाडौं । राजधानीमा घरबेटीले मनपर्दी भाडा वृद्धि गर्दा भाडामा बस्नेहरू चर्को मारमा परेका छन् ।कुनै नियमबिना नै घरबेटीले आफूखुसी भाडा बढाउन थालेपछि पीडित हुनुपरेको गुनासो भाडामा बस्नेहरूको छ । उनीहरूले सरकारले यस विषयमा अनुगमन गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।

नयाँबजार बस्ने रोजन लामिछानेको काठमाडौंमा कोठा भाडामा लिएर बस्न थालेको सात वर्ष पुग्यो । उनले भने, ‘घरबेटीले बर्सेनि भाडा बढाएको बढायै छन् तर सो अनुरूपको सुविधा भने बढाउँदैनन् ।’
लामिछानेका अनुसार आर्थिक वर्षको सुरु अर्थात् साउन महिनामा वा नयाँ वर्षको सुरुवातमा ५ सयदेखि १ हजार रुपैयाँसम्म भाडा बढेको सूचना घरबेटीले दिन्छन् । लामिछाने मात्रै होइन यस्तो समस्या राजधानीमा भाडामा बस्ने लाखौंले बेहोर्न बाध्य छन् ।
अहिले उनी फोहोर, पानी र बत्तीबाहेक एउटा कोठाको मासिक ६ हजार रुपैयाँ भाडा तिर्छन् । उनको मात्रै होइन, घरभाडामा बस्ने उनीलगायत प्रायः सबैको एउटै गुनासो छ, ‘भाडा बढेको बढै गर्छ तर दिने सुविधा भने केही बढ्दैन ।’
पानी तान्ने पम्प बिग्रिएको, ढललगायतका सानादेखि ठूला समस्यासमेत घरबेटीपिच्छेका नियम लागू हुन्छ । अरू त त्यस्तै हो, उनले भने, ‘भूकम्पका कारण टुटेका ढल पनि कोठामा बस्नुपर्नेले नै बनाउनुपर्ने भनियो ।’ सबै घरबेटी एकै नासका नभए पनि अधिकांशले विभिन्न वहाना बनाउँदै घरभाडा बढाउने गरेको पीडितको गुनासो छ ।
कोठा भाडामा लिएर बसेपछि घरबेटीले पानीको सुविधा राम्रो दिँदैनन्, न त अन्य सुविधा नै । उनले भने, ‘साथीभाइ र पाहुना आँउदासमेत घरबेटीले नराम्रो व्यवहार गर्ने गर्छन् ।’

सामाखुसीमा बस्ने सिर्जना दुलालले भनिन्, ‘कोही पाहुना आउँदा पनि किन र कति समय बस्ने हुन् जस्ता विभिन्न प्रश्नको जवाफ घरबेटीलाई दिनुपर्ने बाध्यता हुन्छ, यसले हामीलाई तनाव हुन्छ ।’
बल्खुकी कृष्टी घले भर्खरै डेरा सर्दै थिइन् । घरबेटीको सर्त थियो, कोठा छोड्दा रङ लगाएर जानुपर्छ । उनी भन्छिन्, ‘विगतमा बहालमा बस्नुअघि घरबेटीले यस्तो सर्त राख्ने गरेका थिएनन् तर अहिले एक्कासि यस्तो सर्त राखियो ।’
बर्सेनि भाडा बढेको बढेकै छ, तर भाडा मात्र बढाउने अधिकांश घरबेटीले घरभाडा बापतको कर भने तिर्दैनन् । काठमाडांै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले बाध्यात्मक रूपमा घरभाडा कर नलिने गरेको बताए । उनले भने, ‘यसमा स्वस्फूर्त रूपमा सहभागिताको अपेक्षा महानगरको छ । प्रवक्ता डंगोलले अब महानगरले नियमित अनुगन गर्ने योजना बनाएको जानकारी दिए । । तर, महानगरले यसका लागि हालसम्म छुट्टै संयन्त्र बनाएको भने छैन ।

बहालमा बस्ने डेरावाल तथा घरधनीबीचमा सेवा सुविधाबारे खासै सम्झौता हुँदैन । यसबारे महानगरले पनि कुनै मापदण्ड निर्धारण गर्न सकेको छैन । महानगरका प्रवक्ता डंगोलका अनुसार अधिकांश घरबेटीले सम्झौता गर्ने गरेका छैनन् जसका कारण भाडावाल तथा घरधनी दुवैलाई कानुनी दायरामा ल्याउन समस्या परिरहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म घरभाडा करबापत ५५ करोड ३५ लाख रुपैयाँ संकलन भएको महानगरपालिकाले जनाएको छ ।

यसमा व्यवसाय गर्ने पसल, चमेनागृह तथा व्यावसायिक प्रयोजनका लागि उपयोग भएका घर बढी छन् । महानगरपालिकाका अनुसार वार्षिक १ लाख २५ हजारसम्मको घरभाडा उठाउने घरधनीलाई कर छुट हुने व्यवस्था छ । त्यसभन्दा माथि बहाल उठाउनेको हकमा भने भाडाको १० प्रतिशतसम्म कर तिनुपर्ने प्रावधान छ । तर, अधिकांश घरधनीले घर भाडामा नलगाएको र आफ्नै प्रयोजनका लागि उपयोग गरिरहेको देखाउने गर्छन् । या त सम्झौता गर्दैनन्, गरी हाले पनि भाडा दर न्यून देखाउने गरिएको छ ।
मुलुक संघीयतामा गएसँगै यो कर लिइने जिम्मेवारी स्थानीय तहको छ । घरभाडा करको दर सबै वडामा समान रहेको प्रवक्ता डंंगोलले बताए । राजधानी दैनिकमा खबर छ ।