१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सडकमा सर्वसाधारणको काल बन्दै ट्रिपर, उपत्यकामा २१ जनाको मृत्यु

सडकमा सर्वसाधारणको काल बन्दै ट्रिपर, उपत्यकामा २१ जनाको मृत्यु
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् ।

अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन । कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा टिपरको ठक्करले उपत्यकामा २१ जनाको मृत्यु भएको थियो । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन । जसका कारण पैदय यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् ।पछिल्लोपटक १४ माघमा मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भयो । प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ । यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको प्रहरी बताउँछ ।

लापर्बाहीबाट दुर्घटना भएकै कारण टिपरलाई सडकमा विभिन्न समयमा निश्चित समय मात्र आवतजावत गर्न दिइने गरिएको छ । तर, यस्ता नियम भने जिल्लापिच्छे प्रशासनले तोक्ने गरे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
समयसमयमा टिपर सञ्चालनमा रोक नै लगाउनुपर्ने बहससमेत हुने गरेका छन् । हाल उपत्यकाका चक्रपथभित्र टिपर सञ्चालनमा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र प्रवेश अनुमति दिइएको छ । तर, कतिपय टिपरले यो नियमको समेत उल्लंघन गरेको उपत्यकावासीको आरोप छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले टिपर सञ्चालनप्रति कडा निगरानी गर्ने गरिएको दाबी गरे । ‘अझै निगरानीलाई कडा पार्दै लगिएको छ, लापर्बाही गर्नेहरूलाई कडा रूपमा दण्डित गरिनेछ,’ प्रवक्ता सुवेदीले भने ।
ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले पनि टिपरको दादागिरी बढेको स्विकार्दै त्यसलाई रोक्न नियमित अनुगमन र कडाइ गरिएको दाबी गरे ।

तीव्र गति र टिपरको संरचनामाथि दोष

निर्माण सामग्री ढुवानी गर्ने यस्ता सवारी तीव्र गतिमा हुइँकिने गर्छन् । चालकले प्रत्येक टिपअनुसार रकम पाउने तथा जति बढी ओसा¥यो सोहीअनुुसारको आम्दानी हुने गर्दा यसलाई तीव्र गतिमा गुडाउने गरेको बताइन्छ । प्रहरीले भने यसको संरचनालाई समेत दोष दिने गरेको छ । टिपरको संरचनाले गर्दा चालकलाई नजिकै वा अगाडिको वस्तु देख्न केही कठिन हुने गरेको छ भने टिपरहरू नेपालको सडकमैत्रीसमेत नहुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

चालकका अनुसार यसको संरचनाका कारण दाँयातर्फ बसेर सवारी चलाउँदा बायाँ साइडमा देख्न निकै कठिन हुन्छ । नजिकैको दुरीमा एक्कासि मोटरसाइकल तथा पैदलयात्री आउँदा नदेखिने तथा तीव्र गतिका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने गरेको बताइन्छ । यसमा चालकले सावधानी नअपनाउने गर्दा आकस्मिक रूपमा हुने दुर्घटनाको जोखिमलाई समेत घटाउन चुनौती देखिएको प्रहरीले जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।