• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

सडकमा सर्वसाधारणको काल बन्दै ट्रिपर, उपत्यकामा २१ जनाको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन् ।

अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन । कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा टिपरको ठक्करले उपत्यकामा २१ जनाको मृत्यु भएको थियो । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन । जसका कारण पैदय यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् ।पछिल्लोपटक १४ माघमा मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भयो । प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ । यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको प्रहरी बताउँछ ।

लापर्बाहीबाट दुर्घटना भएकै कारण टिपरलाई सडकमा विभिन्न समयमा निश्चित समय मात्र आवतजावत गर्न दिइने गरिएको छ । तर, यस्ता नियम भने जिल्लापिच्छे प्रशासनले तोक्ने गरे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
समयसमयमा टिपर सञ्चालनमा रोक नै लगाउनुपर्ने बहससमेत हुने गरेका छन् । हाल उपत्यकाका चक्रपथभित्र टिपर सञ्चालनमा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र प्रवेश अनुमति दिइएको छ । तर, कतिपय टिपरले यो नियमको समेत उल्लंघन गरेको उपत्यकावासीको आरोप छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले टिपर सञ्चालनप्रति कडा निगरानी गर्ने गरिएको दाबी गरे । ‘अझै निगरानीलाई कडा पार्दै लगिएको छ, लापर्बाही गर्नेहरूलाई कडा रूपमा दण्डित गरिनेछ,’ प्रवक्ता सुवेदीले भने ।
ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले पनि टिपरको दादागिरी बढेको स्विकार्दै त्यसलाई रोक्न नियमित अनुगमन र कडाइ गरिएको दाबी गरे ।

तीव्र गति र टिपरको संरचनामाथि दोष

निर्माण सामग्री ढुवानी गर्ने यस्ता सवारी तीव्र गतिमा हुइँकिने गर्छन् । चालकले प्रत्येक टिपअनुसार रकम पाउने तथा जति बढी ओसा¥यो सोहीअनुुसारको आम्दानी हुने गर्दा यसलाई तीव्र गतिमा गुडाउने गरेको बताइन्छ । प्रहरीले भने यसको संरचनालाई समेत दोष दिने गरेको छ । टिपरको संरचनाले गर्दा चालकलाई नजिकै वा अगाडिको वस्तु देख्न केही कठिन हुने गरेको छ भने टिपरहरू नेपालको सडकमैत्रीसमेत नहुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

चालकका अनुसार यसको संरचनाका कारण दाँयातर्फ बसेर सवारी चलाउँदा बायाँ साइडमा देख्न निकै कठिन हुन्छ । नजिकैको दुरीमा एक्कासि मोटरसाइकल तथा पैदलयात्री आउँदा नदेखिने तथा तीव्र गतिका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने गरेको बताइन्छ । यसमा चालकले सावधानी नअपनाउने गर्दा आकस्मिक रूपमा हुने दुर्घटनाको जोखिमलाई समेत घटाउन चुनौती देखिएको प्रहरीले जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।