१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजधानीमा ज्यानमारा खानेपानी, जनताका लागि सरकार मरेजस्तो

राजधानीमा ज्यानमारा खानेपानी, जनताका लागि सरकार मरेजस्तो
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।
उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ ।
केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ । काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ ।

घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् । धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् ।
उनले राजधानीसँग भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर उफ ! के गर्ने हो ।’
उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि आफूहरुले राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् ।
। ‘सरकारलाई पानीको बिल तिरेर पनि के गर्नु पानी नै खान पाइँदैन्, पानी आउँछ उल्टो ढलसहितको । बिरामी नै भएर मरिन्छ कि जस्तो भइसक्यो,’ पुनले भनिन् ।
‘खै जनताका लागि सरकार त मरेजस्तो छ । न जनताले सफा पानी खान पाएका छन् न त गुणस्तर खाना’ उनले गुनासो गर्दै भनिन् । समाचार राजधानी दैनिकमा छ ।

यस्तै, मैतिदेवीमा बस्तै आएकी टंकु खड्का पनि खानेपानीमा ढल मिसिएर आउन थालेपछि आजित बनेकी छन् । दुई साताको एकपटक पानी आउँछ त्यो पनि ढल मिसिएर कसरी खाने ? उनको प्रश्न छ । ‘खानेपानीका लागि भनेर सरकारलाई महिनामा १२ सय बुझाउनुपर्छ तर धारामा पानी होइन ढल आउँछ,’ उनले भनिन् ।

हैजा, आउ र पखालाले पेटमा संक्रमण हुन सक्ने

चिकित्सकहरूका अनुसार स्वस्थ्य रहन कम्तीमा दैनिक ३ लिटर पानी पिउनुपर्छ । नेपालको संविधान २०७२ को मौलिक हकमा सबै नेपालीले स्वस्थ्य भएर बाँच्न पाउने प्रावधान राखिएको छ तर सकारकारले नै वितरण गर्ने पानीमा ढल मिसिएर आएपछि उपभोक्ताले संविधानको मौलिक हकको प्रावधानमाथि नै प्रश्न उठाएका छन् । वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बम मानिसमा सबैभन्दा बढी रोग दूषित पानीकै कारण लाग्ने भएकाले पानीमा ढल आउँदा आममानिसको स्वास्थ्य उच्च जोखिममा परेको बताउँछन् । मानिसले प्रयोग गर्ने अन्य वस्तुभन्दा पानी सबैभन्दा बढी सफा हुनुपर्ने डा. बमको भनाइ छ । दूषित पानी पिउँदा पेटमा संक्रमण भई विभिन्नखाले रोगको सिकार हुनुपर्ने अवस्था आउने उनको भनाइ छ । उनका अनुसार दूषित पानी पिउँदा पखाला, आउ र हैजाजस्ता रोगले सताउने गर्छ । । उपभोक्ताले स्वस्थ्य रहन खानेपानीमा अत्यधिक ध्यान दिनु आवश्यक रहेको बमले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक महेश भट्टराईले खानेपानी र ढलका पाइप एकआपसामा जोडिएको हुँदा ठाउँठाउँमा खानेपानीमा ढल मिसिएर जाने समस्या भएको स्विकार्छन् । यस्तो समस्या समाधान गर्न कार्यालयबाट आवश्यक टोली परिचालन गरेको उनले दाबी गरे । तर, उनले परिचालन गरिएको भनिएको टोली भने कहीँ पनि देखिँदैन ।