• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

राजधानीमा ज्यानमारा खानेपानी, जनताका लागि सरकार मरेजस्तो



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।
उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ ।
केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ । यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ । काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ ।

घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् । धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् ।
उनले राजधानीसँग भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर उफ ! के गर्ने हो ।’
उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि आफूहरुले राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् ।
। ‘सरकारलाई पानीको बिल तिरेर पनि के गर्नु पानी नै खान पाइँदैन्, पानी आउँछ उल्टो ढलसहितको । बिरामी नै भएर मरिन्छ कि जस्तो भइसक्यो,’ पुनले भनिन् ।
‘खै जनताका लागि सरकार त मरेजस्तो छ । न जनताले सफा पानी खान पाएका छन् न त गुणस्तर खाना’ उनले गुनासो गर्दै भनिन् । समाचार राजधानी दैनिकमा छ ।

यस्तै, मैतिदेवीमा बस्तै आएकी टंकु खड्का पनि खानेपानीमा ढल मिसिएर आउन थालेपछि आजित बनेकी छन् । दुई साताको एकपटक पानी आउँछ त्यो पनि ढल मिसिएर कसरी खाने ? उनको प्रश्न छ । ‘खानेपानीका लागि भनेर सरकारलाई महिनामा १२ सय बुझाउनुपर्छ तर धारामा पानी होइन ढल आउँछ,’ उनले भनिन् ।

हैजा, आउ र पखालाले पेटमा संक्रमण हुन सक्ने

चिकित्सकहरूका अनुसार स्वस्थ्य रहन कम्तीमा दैनिक ३ लिटर पानी पिउनुपर्छ । नेपालको संविधान २०७२ को मौलिक हकमा सबै नेपालीले स्वस्थ्य भएर बाँच्न पाउने प्रावधान राखिएको छ तर सकारकारले नै वितरण गर्ने पानीमा ढल मिसिएर आएपछि उपभोक्ताले संविधानको मौलिक हकको प्रावधानमाथि नै प्रश्न उठाएका छन् । वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बम मानिसमा सबैभन्दा बढी रोग दूषित पानीकै कारण लाग्ने भएकाले पानीमा ढल आउँदा आममानिसको स्वास्थ्य उच्च जोखिममा परेको बताउँछन् । मानिसले प्रयोग गर्ने अन्य वस्तुभन्दा पानी सबैभन्दा बढी सफा हुनुपर्ने डा. बमको भनाइ छ । दूषित पानी पिउँदा पेटमा संक्रमण भई विभिन्नखाले रोगको सिकार हुनुपर्ने अवस्था आउने उनको भनाइ छ । उनका अनुसार दूषित पानी पिउँदा पखाला, आउ र हैजाजस्ता रोगले सताउने गर्छ । । उपभोक्ताले स्वस्थ्य रहन खानेपानीमा अत्यधिक ध्यान दिनु आवश्यक रहेको बमले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक महेश भट्टराईले खानेपानी र ढलका पाइप एकआपसामा जोडिएको हुँदा ठाउँठाउँमा खानेपानीमा ढल मिसिएर जाने समस्या भएको स्विकार्छन् । यस्तो समस्या समाधान गर्न कार्यालयबाट आवश्यक टोली परिचालन गरेको उनले दाबी गरे । तर, उनले परिचालन गरिएको भनिएको टोली भने कहीँ पनि देखिँदैन ।