• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा ★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

नेकपामा देखियो पार्टी एकता नहुने यस्तो संकेत, पूर्व एमाले र माओवादी फरक फरक



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् ।

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए ।

पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।”

पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु. १३ हजार र मन्त्रीले रु. १५ हजार लेबी बुझाउँदै आएका छन् । त्यस्तै, पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभाका सांसदले मासिक रु.१२ हजार र मन्त्रीले रु.१५ हजार बुझाउने गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो ।

एउटै खातामा जान थालेपछि लेबीमा पनि एकरूपता हुने सचेतक गुरुङले बताउनुभयो । सांसद तथा मन्त्रीको लेबी संसद् सचिवालयको लेखाबाट नै काटिन्छ । गोरखापत्रबाट