१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्दै

माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्दै
अ अ+ अ-

सोलुखुम्बु । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकार दुईतिहाइको दम्भमा बरालिएको आरोप लगाएका छन्। सोलुखुम्बुको दूधकोशी गाउँपालिकाको बासामा आयोजित पार्टीको आमसभामा बोल्दै थापाले सरकार ‘लोभ र पापमा लिप्त’ भएकाले जनमुखी निर्णय लिन नसकेको बताए।

नेता थापाले माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्ने जिकिर गरे। उनले भने, ‘यो सरकारसँग कोही खुसी नभएको दाबी गर्दै प्रधानमन्त्री संसद्मा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ढोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको छ।’ सरकार दुईतिहाइको दम्भ बोकेर एकलौटी रूपमा अघि बढेको बताए। यो समाचार आजको नागरिकमा छ ।

निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नु, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नुले सरकार जनमुखी निर्णयबाट भाग्दै गरेको अनुभूति जोकोहीलाई हुन थालेको सांसद थापाको भनाइ छ। थापाले भने, ‘सरकार एक पछि अर्को भ्रष्टाचारमा डुब्दैछ।

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भने पनि उनका आसेपासे भ्रष्टाचारमा मुछिनुलाई हामीले गफ नठान्ने ?’ कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको दाबी गरे। पार्टीले नेता तथा कार्यकर्ता मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न थापाले आग्रह गरे। उनले अर्का निर्वाचनमा जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न सुझाव दिए।