• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्दै



सोलुखुम्बु । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकार दुईतिहाइको दम्भमा बरालिएको आरोप लगाएका छन्। सोलुखुम्बुको दूधकोशी गाउँपालिकाको बासामा आयोजित पार्टीको आमसभामा बोल्दै थापाले सरकार ‘लोभ र पापमा लिप्त’ भएकाले जनमुखी निर्णय लिन नसकेको बताए।

नेता थापाले माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्ने जिकिर गरे। उनले भने, ‘यो सरकारसँग कोही खुसी नभएको दाबी गर्दै प्रधानमन्त्री संसद्मा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ढोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको छ।’ सरकार दुईतिहाइको दम्भ बोकेर एकलौटी रूपमा अघि बढेको बताए। यो समाचार आजको नागरिकमा छ ।

निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नु, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नुले सरकार जनमुखी निर्णयबाट भाग्दै गरेको अनुभूति जोकोहीलाई हुन थालेको सांसद थापाको भनाइ छ। थापाले भने, ‘सरकार एक पछि अर्को भ्रष्टाचारमा डुब्दैछ।

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भने पनि उनका आसेपासे भ्रष्टाचारमा मुछिनुलाई हामीले गफ नठान्ने ?’ कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको दाबी गरे। पार्टीले नेता तथा कार्यकर्ता मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न थापाले आग्रह गरे। उनले अर्का निर्वाचनमा जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न सुझाव दिए।