• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए ★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

छोरा खेलाउन फुर्सुद नपाउने मन्त्रीका प्रिय मित्रको सिंगापुर यात्रा, उद्देश्य मोजमस्ती !



काठमाण्डौ । बहुचर्चित मेलम्ची खानेपानी आयोजना निमार्ण गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई सबै विवादहरुको अन्त्य गर्दै काममा फर्किन सरकारी पक्षबाट औपचारिक र अनौपचारिकरुपमा अनुरोध गर्दा पनि केही निष्कर्ष निस्केको छैन । साधु सप्ताहिकमा खबर छ ।

एकतर्फी सम्झौता उलंघन गरी बसेको ठेकेदार कम्पनी सीएमसीलाई सरकारीतर्फबाट कतिपयले फकाए, कतिपयले धम्क्याए तर पनि कम्पनी टसमस भएको छैन । काममा फर्किने छाँट छैन । मेलम्चीको निमार्णबाट सीएमसीले किन हात झिक्यो भन्ने प्रश्नको सही उत्तर अझसम्म कसैले दिन सकेको छैन । सीएमसीले काम छाडेर बस्ने घटना मेलम्ची र खानेपानी मन्त्रालयका कर्मचारीलाई मोज गर्ने बाहाना बनेको स्रोतको दावी छ ।

सीएमसीलाई फकाउन, सीएमसी काममा नफर्के अर्को ठेकेदार कम्पनी खोज्न वा नेपाली सेनालाई निमार्णको जिम्मा दिन विभिन्न व्यक्ति, संस्थाहरुसंग परामर्श गर्न दैनिक लाखौ रुपैया मनपरी खर्च गरिरहेको खानेपानी मन्त्रालय श्रोतले बताएको छ ।

यसै सन्दर्भमा खानेपानी मन्त्री विना मगरले आफ्ना प्रिय मित्र तथा स्वकीय अधिकृत विजयदेव भट्टराईको नेतृत्वमा तीन जनाको टिमलाई माघ १८ गते शुक्रबार राती सिंगापुर पठाएकी छिन । भट्टराईसंग सिंगापुर जाने अन्य दुई जनामा मन्त्री विनाका निजी सचिव गुणराज श्रेष्ठ र मेलम्ची खानेपानी आयोजनाका उपनिर्देशक भोज विक्रम राणा छन । मेलम्चीको ठेकेदार कम्पनी सीएमसीलाई काममा फर्काउनका लागि सीएमसीका अधिकारीहरुसंग वार्ता गर्न टोली सिंगापुर गएको मन्त्रालय श्रोतले बतायो ।

सीएमसीसंग बार्ता गर्न भनेर मन्त्रालयको खर्चमा सिंगापुर गएपनि त्यहाँ त्यस्तो कुनै बार्ता नहुने मन्त्रालयका एक जना कर्मचारीले दाबी गरे । उनले भने “बार्ता बहाना मात्र हो खासमा मन्त्रीज्यूले घुमफिर गर्न पठाएकी हुन । स्वकीय अधिकृत विजयदेव भट्टराई मन्त्रीका प्रिय मित्र भएकाले उनलाई मनोरञ्जन गर्न पठाएको ती कर्मचारीको भनाई छ । हुन पनि सीएमसीलाई काममा फर्काउन सरकारको आवश्यक संयन्त्र लागेर त केही उपाए लागिरहेको छैन । स्वकीय अधिकृत भट्टराईको नेतृत्वमा रहेको टिमले गरेको बार्ताले सीएमसी काममा फर्केला भन्ने कुरा मन्त्रालयमा कसैलाई पनि विश्वास नलागेको खानेपानी मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ ।

एक बर्षमा लाखौ रुपैया खातामा

खानेपानी मन्त्रालयमा आतंक मच्चाइरहेका मन्त्री विनाका स्वकीय अधिकृत विजयदेव भट्टराईकोजीवन शैली अस्वाभाविक रुपमा बृध्दि भएको स्रोत बताउछ । स्वकीय अधिकृत भट्टराईले कर्मचारी सरुवामा व्यापक रुपमा चलखेल गर्ने गरेको, मेलम्चीलगायतका खानेपानी विभाग सम्बद्ध साना ठूला ठेक्कापट्टाहरुबाट पेलेर कमिसन लिने गरेको मन्त्रालयका कर्मचारीहरु बताउछन ।

गत महिना मन्त्रालय अन्तर्गत प्रदेश र संघका विभाग तथा कार्यालयहरुमा कर्मचारीको सरुवा गर्दा स्वकीय अधिकृत भट्टराईले नेकपा निकट कर्मचारीहरुलाई राम्रो ठाँउमा अवसर नदिई कांग्रेस र अन्य दल निकट कर्मचारीहरुबाट शुभलाभ लिएर सरुवा गरेकोमा नेकपा निकट कर्मचारीहरु रुष्ट भएको खबर छ । नेकपा निकटका कर्मचारीसंग सरुवा बापतको रकम मागे पोल खुल्ने डरले नेकपा निकट कर्मचारीहरुलाई पेलेको आरोप भट्टराई माथि लाग्ने गरेको छ ।

मन्त्री विनाको स्वकीय अधिकृतमा नियुक्त हुनु अघि आर्थिक अवस्था कमजोर भएका भट्टराईको एक बर्ष भित्र बैक ब्यालेन्स मात्र लाखौ रुपैया देखिएको मन्त्रालयका कर्मचारी बताउछन । मन्त्रालयबाट मासिक रुपमा करिब ३० हजार रुपैया पारिश्रमिक पाउने भट्टराईका एमएमबी, इन्भेष्टमेन्ट र एभरेष्ट लगायत आधा दर्जन बैंकमा रकम जम्मा रहेको श्रोतको दाबी छ ।

इन्भेष्टमेन्ट बैंकको बबरमहल शाखामा मात्र उनको खाता नम्बर ००१२०६००११४३९३०००००१ मा ५ लाख २५ हजार १ सय रुपैया ब्यालेन्स देखिएको छ । महिनाको ३० हजार रुपैया पारिश्रमिक पाउने मानिसले कोठा भाडामा कति रकम खर्च गर्छ होला, खाना र अन्य आवश्यकीय कुरामा कति खर्च हुन्छ होला भनेर खानेपानी मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।

स्वकीय अधिकृत भएयता भट्टराईको आर्थिक हैसियत एक्कासी बढेकोमा उनका चिनेजानेकाहरुनै आश्चर्यमा परेका छन । मन्त्रालयका केही कर्मचारीले उनको अस्वभाविक आर्थिक हैसियतको छानबिन हुनुपर्ने चर्चा गर्न थालेका छन ।

गएको दशै अघि जनकपुरकी कन्या जेनु दाहाललाई दोश्रो स्वास्नीका रुपमा भित्र्याएका भट्टराईले दोश्रो विवाहको उपलक्ष्यमा ५० लाख रुपैया भन्दा बढी खर्च गरेर बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा भव्य पार्टी दिएका थिए । विवाह तथा भोजको सम्पूर्ण खर्च भट्टराईले खानेपानी मन्त्रालयका विभाग तथा आयोजनाबाट दामासाहीका रुपमा उठाएको कर्मचारीहरु बताउछन ।

जनकपुरकी कलिली कन्यामाथि आखाँ लगाएका भट्टराईले जेठी श्रीमती काठमाण्डौकी अनिता पण्डितलाई मानसिक तनाव दिएर सम्बन्ध विच्छेद गर्न बाध्य पारेकोमा समकालीन विद्यार्थी नेताहरु समेत भट्टराईसंग रिसाएका थिए । जेठी श्रीमती सुनिता एकताका अनेरास्ववियू क्रान्तिकारीकी जिल्ला स्तरीय नेता समेत थिइन ।

भट्टराईका कारण मन्त्रीको सचिवालयमा आउने कर्मचारीहरु टिक्ने गरेका छैनन । भट्टराइले मन्त्रालयले उपलब्ध गराएको बा २ च ३७३१ नम्बरको गाडी दुर्घटना गरेर क्षतिग्रस्त पारेकोमा विवादमा आएका थिए ।

उनले मन्त्रालय अन्तर्गतका विभाग र आयोजनबाट मासिक रुपमा पेट्रोल र डिजल गरी पाँच सय लिटर लिने गरेको खुलेको छ । उक्त पेट्रोलका केही कुपन साथीभाईलाई बाँड्ने गरेको मन्त्रालयका कर्मचारीहरु बताउछन ।