७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो विडम्बना ! नेपाली क्रिकेट टिमले इतिहास रचेको प्रधानमन्त्रीलाई थाहै भएन



अ+ अ-

काठमाडौं । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै नेपाली क्रिकेट टिमलाई बधाई दिए तर उनलाई नेपालले टि–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जितेर इतिहास रचेको तथ्य थाहा नभएको बताएका छन् ।

नेपालीटोलीले युएईविरुद्धको तेस्रो खेल जितेकोमा बधाई दिएका छन् । तेस्रो अघिल्ला दुई खेलमध्ये एकमा युएई र अर्कोमा नेपाली टिम विजयी हुँदै तीन म्याचको शृंखला एक–एकको बराबरीमा रहेको अवस्थामा तेस्रो तथा निर्णायक म्याच नेपालले १४ रनले जित्दै शृंखला २–१ ले हासिल गरेको हो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टि–ट्वेन्टी शृंखला जितेर इतिहास रचेको अवस्थामा प्रधानमन्त्री ओलीले तेस्रो म्याचको मात्र सफलता जिकिर गर्नु अनौठो मानिएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको छ । नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो । नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई ।’