२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो विडम्बना ! नेपाली क्रिकेट टिमले इतिहास रचेको प्रधानमन्त्रीलाई थाहै भएन



अ+ अ-

काठमाडौं । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै नेपाली क्रिकेट टिमलाई बधाई दिए तर उनलाई नेपालले टि–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जितेर इतिहास रचेको तथ्य थाहा नभएको बताएका छन् ।

नेपालीटोलीले युएईविरुद्धको तेस्रो खेल जितेकोमा बधाई दिएका छन् । तेस्रो अघिल्ला दुई खेलमध्ये एकमा युएई र अर्कोमा नेपाली टिम विजयी हुँदै तीन म्याचको शृंखला एक–एकको बराबरीमा रहेको अवस्थामा तेस्रो तथा निर्णायक म्याच नेपालले १४ रनले जित्दै शृंखला २–१ ले हासिल गरेको हो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टि–ट्वेन्टी शृंखला जितेर इतिहास रचेको अवस्थामा प्रधानमन्त्री ओलीले तेस्रो म्याचको मात्र सफलता जिकिर गर्नु अनौठो मानिएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको छ । नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो । नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई ।’