२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँटी थिचेर पालैपालो बलात्कार, सामूहिक बलात्कारपछि हत्या भएको खुलासा



अ+ अ-

विराटनगर । माघ १३ गते सिघिया खोलामा मृत अवस्थामा भेटिएकी १० वर्षीया गुडिया भनिने रुपमति दासको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ । स्थानीय दुई युवाले उनको बलात्कारपछि हत्या गरेको खुलेको हो । आजको सौर्य दैनिकमा समाचार छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाजस्तै रुपमतिको पनि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । पोष्टमार्टम रिर्पोट र प्रक्राउ परेका अभियुक्तको बयानका आधारमा बलात्कारपछि ती बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । विराटनगर महानगरपालिका–८ बलुवाईमा बस्ने उनको हत्यामा संलग्न २ जनालाई प्रक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका दुवै युवा रुपमतिकै छिमेकी हुन् । २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको हो । आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए । चौथो पटकको प्रयासमा प्रहरीले उनिहरुनै दोषी रहेको निष्कर्ष निकालेको छ । प्रहरीले प्रमाणदिदै अनुसन्धान गरेपछि उनिहरुले अपराध स्विकार गरेका हुन् । हत्यामा संलग्न दुवै जना लागूऔषध दुव्र्यसनी भएको यसअघि पनि विभिन्न अपराधिक घटनामा मुछिएका थिए ।

लागूऔषधकै नसामा उनीहरुले बलात्कारपछि रुपमतिको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको बताए । १२ गते बेलुका पसलमा सामान किन्न गएर फर्किएपछि छिमेकीको घरमा टिभी हेर्न गएकी उनि हराएकी थिइन् । प्रहरीका अनुसार टिभी हेर्न गएकी उनलाई ति दुवै युवाले उठाएर लिएर गएका थिए ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि लगभग पाँच सय मिटर पर रहेको खोलाको डिलको चौरमा पुर्याएपछि बलात्कार गरेका हुन् । बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेको बयान दिएका छन् ।

‘घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भयो,’ उनले भने, ‘बलात्कार गरिरहेकै बेला त्यहीँ छेउमा रहेको बाटो हुँदै राति ९ बजेतिर एक वृद्धा हिंडेको देखेपछि आफूहरु भएतिरै आएको आशंका गरेर उनीहरुले गुडियालाई बगिरहेको खोलाको पानी भित्र हालिदिएर हिँडेको खुलेको छ ।’ उनिहरुले घटना कसैले थाहा नपाउन भनेर उनले लगाएका कपडा केहीपर रहेको मुर्दाघाटमा लगेर छाडेका थिए । साथै शवलाई पनि खोलाले बगाएर लैजाओस् भनेर फालेको बताएका छन् ।

प्रहरीका अनुसार उनिहरुले यसअघि दुई जनालाई बलात्कारको प्रयास गरेका थिए । त्यो सफल नभएपछि उनिहरुको नजरमा गुडिया परेकी थिइन् । उनिहरुले गुडियाकै एक आफन्त युवतीलाई निशाना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यो प्रयास असफल बनेपछि टिभी हेर्न भनेर निस्किएकी बालिका उनीहरुको जघन्य अपराधको सिकार बन्नु परेको प्रहरीको भनाइ छ ।

युवतीलाई निशाना बनाउनु अघि पनि एक महिलालाई अन्सारीले पाउरोटीमा लागूऔषध नाइट्रोसन मिसाएर खुवाइ बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, ति महिलाले नखाएपछि उनिहरु त्यहाबाट हिडेका थिए । पक्राउ परेका दुई युवाले घटना स्वीकार गरेपछि उनीहरुले नै रुपमतीको टोपी र कपडा फ्यालेको ठाउँ प्रहरीलाई देखाइदिएका हुन् । घटना गराउने युवाले प्रहरीलाई घटनास्थल पनि देखाइदिएका हुन् ।

‘हत्या गरेर शव नै खोलामा फ्यालिदिएपछि पानीले प्रमाण नष्ट गरिदिँदा अनुसन्धानमा निक्कै मेहनत गर्नु पर्यो,’ ती अनुसन्धान अधिकृतले भने, ‘तर जे भए पनि धेरै ठूलो कसरत गरिंदा घटनाको वास्तविकतासम्म पुग्न सकियो ।’ उनका अनुसार सुरुमा कुनै पनि भरपर्दो सुकार नमिल्दा र आधार पहिल्याउन नसक्दा बलात्कारपछि बालिकाको हत्या भएको घटना अनुसन्धानमा धेरै जटिलताहरु उत्पन्न भए । प्रहरीले यो घटना कञ्चनपुरकी निर्मला पन्तसँग मिल्दो जुल्दो देखिएको जनाएको छ । पन्तको हत्याले यस्ता अपराधमा संलग्नलाई प्रमाण नष्ट गर्न धेरै पाठ सिकाएको प्रहरीको बुझाई छ ।