७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडद्धारा अलाभेस पराजित, चम्किए रोनाल्डो भिनिसियस



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अलाभेसलाई पराजित गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा रियलले अलाभेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, भिनिसियस जुनियर र मारियानोले समान १ १ गोल गरे ।

खेलको ३०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा रियलले थप दुई गोल गर्न सफल भयो । रियलका लागि खेलको ८०औं मिनेटमा जुनियरले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मारियानोले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाए ।

जितसँगै रियलले २२ खेलबाट ४२ अंक बनाएको छ । पराजित अलाभेसको भने २२ खेलबाट ३२ अंक रहेको छ ।