७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : युनाइटेड र सिटी विजयी, आर्सनल पराजित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गोल गरे । आर्सनलका लागि लौरेन्ट कोसील्नीले एक गोल फर्काए पनि सिटीलाई रोक्न भने सकेनन् ।

अग्युरोले खेलको पहिलो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । तर खेलको ११ औं मिनेटमा आर्सनलका लौरेन्टले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ४४ औं मिनेटमा अग्युरोले अर्को गोल गर्दै सिटीलाई पुनः २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा आर्सनलले भने कुनै गोल गर्न सकेन । ६१ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

जितपछि म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक बनाएको छ । आर्सनल भने २५ खेलबाट ४७ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेकमो लिभरपुलको ६१ अंक छ ।