२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले पोखरामा नेता गगन थापालाई देखायो कालो झन्डा



अ+ अ-

कास्की । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन।

थापालाई नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आएका कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन् ।

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेपछि आन्दोलित बनेको नेपाल विद्यार्थी संघले शनिबार केन्द्रिय निर्देशन अनुसार सार्वजनिक गाडी चल्न नदिने कार्यक्रम थियो। सोही कार्यक्रम अन्तर्गत पोखरामा सरकारी गाडी चलेपछि नेपाल विद्यार्थी संघले गाडी माथी आगजनी गरेको थियो।

गगन थापाले आईतबार आफ्नो सामाजिक संजाल टुईटरमा नेविसंघले शनिबार गरेको गतिविधिको विरोध गर्दै  ‘नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर : त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सहित गर्न म डटेर लाग्नेछु ।’ भनेर लेखेका थिए ।

उक्त टुईटलाई लिएर नेपाल विद्यार्थी संघ गगन थापा माथि खनिएको हो । कास्कीमा सरकार विरुद्ध बृहत शक्ति तथा विरोध प्रदर्शन कार्यक्रमको सभालाई सम्बोधन गर्न गएका थापालाई कस्की नेविसंघले सभालाई सम्बोधन गर्दै गर्दा कालो झन्डा देखाएर थापा विरुद्ध प्रदर्शन गरेको आर आर क्याम्पसका सचिव तथा नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

आगजनीको विषयमा गगन थापाले माफी माग्नु पर्ने नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति विकास थापाले माग गरेका छन्।

यो पनि

http://newspolar.com/2019/02/72112




भर्खरै