७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले चुनाव हार्ने निश्चित, चलखेलमा लाग्यो कांग्रेस : वरिष्ठ नेता खनाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो विद्यार्थी संगठन सँग नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू चुनाव सार्नका लागी प्रस्ताव अघि सारेको बताएका छन् ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाण्डौमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै खनालले स्ववियु निर्वाचन सार्न कांग्रेसले चलखेल सुरु गरेको भन्दै उनले स्ववियू चुनाव पछि धकेल्ने प्रयास नगर्न कांग्रेसलाई सचेत समेत गराए ।

नेता खनालले स्ववियू चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुटन समेत आग्रह गरे ।

खनालले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे कांग्रेस आफै कमजोर हुदैँ जाने चेतावनी दिए । देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।