७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध कांग्रेसद्धारा देशभर प्रर्दशन, प्रधानमन्त्रीको पुत्लामाथी वाइडबडी विमान



अ+ अ-

काठमाडौं । कम्युनिष्ट सरकार विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको छ ।

सरकारविरुद्ध जिल्ला जिल्लामा सडक आन्दोलन गरेको कांग्रेसले सरकार चलाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको हो ।

कांग्रेसले राजधानीको शान्ति वाटिकामा प्रदर्शनमा ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ओली सरकारले सत्तामा बसिरहनुको औचित्य नभएकाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।

उनीहरुले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको समेत माग गरे । कांग्रेसले वाइडबडी प्रकरणको छानविनको मात्र माग गरेनन् प्रधानमन्त्री केपी ओलीको तस्वीरमाथी वाइडबडी विमानको पुत्ला नै बनाएर प्रर्दशन गरेका छन् ।

आज कांग्रेसले एकैसाथ ७७ जिल्लामा सडक आन्दोलन गरेको छ । सवैतिर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिनुका साथै सरकारबिरुद्ध चर्का नाराबाजी गरिएको छ ।