२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गर्नुभएको छ ।

संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताउनुभयो ।

उहाँले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभयो । नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने उहाँले बताउनुभयो ।