१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन – डा भट्टराई



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गर्नुभएको छ ।

संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताउनुभयो ।

उहाँले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभयो । नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने उहाँले बताउनुभयो ।